१३ जेठ/अर्थ र व्यापार – विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औंपटक सगरमाथा आरोहण गरेका छन् । ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ४ बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् ।
गत वर्ष शेर्पाले २९ र ३० औं पटक सगरमाथाको आरोहण पूरा गरेका थिए । मंगलबार पनि सगरमाथाको शिखरमा पुगेर उनले आफ्नै कीतिमानी भंगगर्दै पुनः ३१ औंपटक आरोहण गरेका हुन् । उनको यो ३१ औं पटक चढ्रने नयाँ विश्व कीर्तिमान कायम गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाको मुख्य पेशा पर्वतारोहण हो । उनी शेर्पा गाइडको रुपमा कार्यरत छन् ।
तपाईको प्रतिक्रिया