logo

जर्सिङपौवामा खुल्यो नेशनल माउन्ट भ्यु रिसोर्ट  

    7045   पटक पढिएको

१० असार / अर्थ र व्यापार- काठमाडौंको ब्यस्त जिन्दगी बिताउनेहरुलाई लक्षित काठमाडांैको उत्तर पुर्वी जर्सिङ पौवामा नेशनल माउण्ट भ्यु रिसोर्ट सञ्चालनमा आएको छ । जर्सिगपौवामा साना र कम वजेटका होटेलहरु प्रशस्तै भएपनि गुणस्तरीय नेपाली पर्यटकलाई आर्कषण गर्ने खालका होटल नभएको अवस्थामा चावहिलदेखि २२ किलोमिटर माथि रहेको जर्सिङ पौवामा २५ रोपनी क्षेत्रफलमा नेशनल माउन्ट भ्यू रिसोर्ट सन्चालनमा आएको हो ।

रिसोर्टका वजार निर्देशक प्रदिप पाण्डेले नयाँ व्यवस्थापन सहित सञ्चालमा आएको यस रिसोर्टमा १० करोड रुपैयाँ लगानी भईसकेको थप ४ करोड रुपैंया खर्च गरी आधुनिक सुविधा सम्पन्न तारे होटलमा परीणत गरीने वताए । पछिल्लो समय जर्सिङ पौवा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्न थालेपछि पर्यटकहरुलाई स्तरीय सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक मध्येका एक केदार आचार्यले वताए । आचार्यका अनुसार होटेलमा हाल ७ वटा स्वीट रुम, २५ वटा डिलक्स् रुम र ६ वटा कटेज रुम रहेको छ । त्यस्तै होटलमा १०० जना क्षमताको २ वटा सेमिनार हल रहेको छ ।

जर्सिङ पौवामा विदेशी पर्यटकहरुको भन्दा आन्तरिक पर्यटकहरुको उपस्थिति निकै बाक्लो हुने गरेको छ । काठमाडौंबाट नजिकै भएकाले उपत्यकाबासीहरु रिफ्रेस हुन जरसिंहपौवा जाने गरेका छन् । यो रिसोर्टबाट मेलम्ची, नगरकोट, नाङलेभारे, चारखाल लगायतका ठाँउहरुको आकर्षक दृष्यावलोकन गर्न सकिने छ भने सानो इलाम भनिने भोटेचौर जानेहरुको लागी पनि यो हाटेलमा खाना र वस्न सक्नेछन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।