पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा २ लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये दक्षिण एसियाली मुलुकका १ लाख ३२ हजार ९४ र अन्य मुलुकका १ लाख ११ हजार ९ सय ५१ रहेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि नेपालले उपयोग गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै सम्बन्धीत सरोकारवालाहरुलाई पर्यटन क्षेत्रको सम्भावनालाई सक्दो उपयोग गर्न आग्रह गरेका छन् ।
सन् २०२४ मा ११ लाख ४७ हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । मंगलबार बिहानसम्मको तथ्यांक अनुसार सन् २०२४ को अन्तिम दिन बिहानसम्मको तथ्यांक अनुसार कुल ११ लाख ४७ हजार २४ जना पर्यटन हवाई मार्गबाट नेपाल भित्रिएका छन् ।
सिचुआन एएरलाइन्सको चार्टर्ड विमान पोखरा अवतरण गरेको छ । ड्रागन बोट रेसका लागि १२८ जना चिनियाँ खेलाडी र अफिसियलहरू बोकेर आएको सो विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
पर्यटकीय नगरी पोखरामा मंगलबारबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेयले नेपालको गौरब हिमाली क्षेत्रको पर्यावरणलाई जिवन्त राख्न सम्बन्धीत सरोकारवालाहरुलाई आग्रह गरेका छन ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुलुकमा भौतिक पूर्वाधार आयोजना र विकास योजनाबद्ध नहुँदा समस्या भएको बताएका छन् ।
विगत २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । यस विमानस्थलमा आइतबार तारा एयरले नियमित व्यवसायीक उडान भरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिएको २२ अर्ब रुपैयाँ ऋणको किस्ता भुक्तानी दिन सुरु गरेको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई भाडादरमा छुट दिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिइनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौतीको बहानामा बढी भाडा लिनेविरूद्ध एक्सनमा उत्रिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने विभिन्न वायुसेवा कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।
गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् ।
नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी विमान ‘नाइन एन–एएलजेड’ (मकालु) ले सोमबारदेखि पुनः नियमित उडान भर्न सुरु गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धिगरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
खराव मौसमका कारण काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको विमान काठमाडौं तर्फ नै ‘डाइभर्ट’ गरिएको छ । बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ विमान काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको थियो ।
पछिल्लो समय काठमाडौको त्रिभुवन विमानस्थल ट्याक्सी वे मर्मतका लागि दैनिक १० घण्टा बन्द गरेपछिको हवाई चापको मौका छोपेर हवाई टिकटमा भइरहेको अत्यधिक मूल्यवृद्धि नियन्त्रणकालागि ५ बुँदे सहमति भएको छ ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजैदेखि दैनिक १० घण्टा बन्द गर्न लागिएको छ ।
काठमाडौको ताहाचलस्थित पाँचतारे सोल्टी होटल लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिना १ साउनदेखि नयाँ बजेट कार्यान्वयनमा आउनुपर्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आफुैं सञ्चालक समितिको अध्यक्ष भएको नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म चालु आर्थिक वर्ष २०८१/८२ को बजेट आएको छैन ।
विभिन्न मुलुकहरुबाट नेपाल आएका दक्षिण एसियाली देशका हवाई नियामकहरु काठमाडौमा भेला भएका छन्।
सरकारले सुरक्षित, भरपर्दो र विश्वासनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ ।
पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएको छ । डेंगीबाट संक्रमित मिश्रको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ७१ वर्षको उमेरमा निधन भएको हो ।
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा सञ्चालित चारवटा नयाँ विमान खरिदको ऋण किस्ता बुझाएको छ । मुलुकको राष्ट्रिय ध्वजाबहाक निगमलले दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी विमान खरिदगर्नका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वको किस्ता बुझाएको हो ।
सरकारले थप ५७ हिमालमा आरोहण खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती हिमालमा आरोहण गतिविधि गर्न अनुमति दिने गरी खुला गर्ने निर्णय गरेको हो ।
चाडबाड र राजमार्ग अवरुद्ध भएको मौकामा आन्तरिक उडानका जहाजमा चाप अत्यधिक बढेको छ । तर, यो चाप एकतर्फी भएको देखिन्छ ।