logo

पर्यटक आगमन संख्या बढ्यो, अप्रिलमा १ लाख १६ हजार ४ सय ९० पर्यटक भित्रिए

    1036   पटक पढिएको


२१ वैशाख/अर्थ र व्यापार – पछिल्लो समय पर्यटक आगमन संख्या बढेर सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार अप्रिल महिनामा मात्र १ लाख १६ हजार ४सय ९० जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका अनुसार अप्रिल महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट २५ हजार ९ सय ३३ जना, अमेरिकाबाट १० हजार ५३ जना , चीनबाट ९ हजार ३७ जना पर्यटक नेपाल भित्रिएका छन् ।
सो अवधीमा बेलायतबाट ६ हजार ८ सय ३८ जना पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो तथ्यांक विस्लेषण गर्दा अझै अपेक्षाकृत रुपमा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् ।
बोर्डका अनुसार सन् २०१९ को तुलनामा १ सय ६ दशमलव ५ प्रतिशतले पर्यटक आगमन संख्या बढेको छ । कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै एक लाख ९ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
सन् २०२३ को अप्रिलमा ९८ हजार ७ सय ७३ जना पर्यटक नेपाल भित्रिएका थिए । ‘हामीले आधिकारिक रुपमा १सय ६ दशमलव ५ प्रतिशत पूर्व–महामारी स्तरमा पुगेका छौ, यसले बलियो ‘रिकभरी’ र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाएको बोर्डले जनाएको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साजनक रहेको बताए । बोर्डका अनुसार वर्षको चार महिना (जनवरी–अप्रिल) को अवधिमा ४ लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन् ।
जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा १ लाख २१ हजार ८ सय जना पर्यटक नेपाल भित्रिएका थिए । यस्तै अवस्था देखिए यस मे महिनामा अझै पर्यटक आगमन संख्या बढ्ने अनुमान बोर्डले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।