logo

थकाली भान्छाघर संघ नेपालको एप र वेबसाइट सार्वजनिक

    710   पटक पढिएको


२ बैशाख/अर्थ र व्यापार – थकाली भान्छाघर संघ नेपालको एप र वेबसाइट सार्वजनिक गरिएको छ । विशेषगरी स्पेसल मौलिक थकाली खानाको प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको थकाली भान्छाघर संघ नेपालले गत शुक्रबार काठमाडौंको बालाजु विनायक बस्तीस्थित थकाली सेवा समिति केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित विशेष कार्यक्रमका बीच आफ्नो एप र वेबसाइट सार्वजनिक गरेको हो ।
थकाली सेवा समिति केन्द्रका अध्यक्ष गजेन्द्र तुलाचनले यस संघको सो एप र वेबसाइट सार्वजनिक गरेका हुन् । शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यस संघको एप डाउनलोड गरी लगइन गरेपछि यस वेबसाइटबाट मौलिक थकाली खाना पारखीहरूका लागि आवश्यक हरेक थकाली रेस्टुरेन्टका बारेमा जजिलै सम्पूर्ण जानकारी पाउन सकिने व्यवस्था गरिएको छ ।
थकाली भान्छाघर संघ नेपालका संस्थापक अध्यक्ष विवेक तुलाचनले थकाली जातिको मौलिक एवं वास्तविक थकाली खानाका परिकार हो भन्दै अन्य व्यवसायीले समेत थकाली भान्छाघरको ब्रान्ड बेचेर उपभोक्ता झुक्याउने काम नगरून् भन्ने उद्देश्यले यस संघले स्पेसल थकाली खानाको प्रवर्धन र विस्तार गर्ने काममा महŒवपूर्ण भूमिका खेल्दै आएको बताए । उनले हाल यस संघमा काठमाडौं र ललितपुर जिल्लाका ६७ जना व्यवसायी सदस्य रहेको छ । अझै धमाधम देशैभर संगठित हुने क्रम जारी रहेको जानकारी गराए ।

उनले यस संघले औपचारिक रूपमा सार्वजनिक गरेको एप र वेबसाइटबाट उपभोक्ताले सहजै आफूलाई आवश्यक थकाली भान्छाघर तथा थकाली रेस्टुरेन्टका बारेमा सम्पूर्ण जानकारी पाइने भएकाले यो एप र वेबसाइट निकै उपयोगी हुने बताए । उनले थकाली भान्छाघर संघले काठमाडौं, ललितपुर जिल्लामा मात्र नभएर मुलुकभर तथा विदेशमा समेत यस एप र वेबसाइटमार्फत थकाली खानाको प्रवर्धन गर्दै जाने लक्ष्य लिएको बताए ।
यसैगरी, अध्यक्ष तुलाचनले यस संघबाट थकाली खाना शुद्धीकरणका लागि बजार अनुगमन तथा नियमनको कामसमेत गर्दै जाने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।