logo

हिमाली क्षेत्रको पर्यावरणलाई जिवन्त राख्न पर्यटन सचिवको आग्रह

    528   पटक पढिएको


२९ मंसिर/अर्थ र व्यापार– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेयले नेपालको गौरब हिमाली क्षेत्रको पर्यावरणलाई जिवन्त राख्न
सम्बन्धीत सरोकारवालाहरुलाई आग्रह गरेका छन । काठमाडौमा सम्पन्न पर्वतारोहण सञ्चालक संघ नेपालको १६ औं वाषिक साधारण सभा तथा प्रमाणपत्र विरण कार्यक्रममा पर्यटन सचिव पाण्डेयले यस्तो आग्रह गरेका हुन् ।
विश्वको सर्बोच्च शिखर सगरमाथा लगायत सबै हिमाली क्षेत्रको पदयात्रा भ्रमण एवं हिमाल आरोहणका लागि नेपाल आउने विदेशी पर्यटकलाई आवस्यक प्राविधिक तथा पर्यटकीय पूर्वाधार सेवा प्रदान गर्दै आएका पर्यटन क्षेत्रसँग सम्बन्धीत यस संघ लगायत विभिन्न संस्थाहरुका प्रतिनिधीहरुलाई उनले यस्तो आग्रह गरेका हुन् ।
सो साधारण सभाको अवसरमा संघले हिमाल आरोहण गर्ने क्रममा डोरी टांग्न सहयोग गर्ने शेर्पाहरुलाइ प्रमाणपत्र सहित सम्मान गरेको थियो । पर्यटन सचिव पाण्डेय र संघका अध्यक्ष डम्बर पराजुली र महासचिव ऋषि भण्डारीले उनीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
सो साधारण सभामा संघका महासचिव भण्डारीले पर्वतारोहण सञ्चालक संघ नेपालले अहिलेसम्म सम्पादन गरिरहेका विविध कामहरु र यस क्षेत्रको नीतिगत सुधारात्मक कार्यका बारेमा जानकारी गराएका थिए ।
सो कार्यक्रममा नेपाल पर्यटन बोड, पर्यटन विभागका प्रतिनिधीहरु, पर्यटन क्षेत्रसित सम्बन्धीत विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, पर्वतारोहीहरु एवं पर्वतारोहण दलमा सहभागी आरोहण सहयोगी एवं शेर्पाहरुको बाक्लो उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।