१६ वैशाख / अर्थ र व्यापार- चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा संस्कृति तथा पर्यटन आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमवार भएको कार्यक्रममा चीनका कार्यवाहक राजदूत वाङ सिनले चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा चीनको तिब्बतका सांस्कृतिक धरोहर र पर्यटन आकर्षणबारे छलफल गर्न पाउँदा अत्यन्तै खुशी भएको वताए ।
उनले चीन र नेपाल बिचको मैत्रीपुर्ण सम्बन्ध सभ्यताहरूबीचको आपसी अन्तरघुलन तथा परस्पर प्रोत्साहनलाई प्रवद्र्धन गर्दै, विविधताहरु बिचको सहअस्तित्व र हातेमालोको अवश्यकताबारे बर्तमान बिश्वको अह्वानलाई बुलन्द गर्दै अगाडि बढिरहेको वताए । उनले सबै मिलेर हिमाल वारिपारिको मित्रतालाई नयाँ उचाइमा पु¥याउन संयुक्त रूपमा प्रयास गर्न समेत आह्वान गरे ।
कार्यक्रममा शिगात्सेको संस्कृति तथा पर्यटन विभागका उप–महानिर्देशक यान छाओच्युनले शिगात्सेको विभिन्न विशेषताहरुको वारेमा वर्णन गर्नुका साथै शिगात्से आउने सम्पुर्ण पर्यटकहरूले होटल, पर्यटक स्थल र यात्रा मार्गहरूमा छुट सुविधा पाउन सक्ने समेत वताए ।
त्यस्तै ल्हासा शहरको संस्कृति तथा पर्यटन ब्युरोका उपनिर्देशक ली चियाङ्गले ल्हासा उपत्यकाबाट हिमालय पर्वत पार गरी काठमाडौँ उपत्यकामा आएर आफ्नो शहरको ब्रान्डिङ्ग र सांस्कृतिक पर्यटन विकासबारे कुराकानी गर्न पाउँदा अत्यन्तै सम्मानित महसुस गरेको वताए । उनले ल्हासाको सांस्कृतिक तथा पर्यटन स्रोतहरू वारे आफ्नो प्रस्तुती दिएका थिए भने सम्पूर्ण उद्यमीहरू र सांस्कृतिक–पर्यटन व्यवसायीहरूलाई ल्हासा भ्रमण गर्न, ल्हासाको अनुभव लिन र ल्हासामा लगानी गर्न निमन्त्रणा गरेका थिए ।
कार्यक्रममा नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराश जोशी, टानका पूर्व अध्यक्ष ज्योति अधिकारी, वरिष्ठ पर्यटन व्यवसायी बिश्वेश श्रेष्ठ लगायत नेपालका टुर अपरेटरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिनुका साथै फोटो प्रर्दशनी समेत आयोजना गरिएको थियो ।
तपाईको प्रतिक्रिया