logo

चीन र नेपाल बीचको संस्कृति तथा पर्यटन आदानप्रदान कार्यक्रम सम्पन्न

    971   पटक पढिएको

१६ वैशाख / अर्थ र व्यापार- चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा संस्कृति तथा पर्यटन आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमवार भएको कार्यक्रममा चीनका कार्यवाहक राजदूत वाङ सिनले चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा चीनको तिब्बतका सांस्कृतिक धरोहर र पर्यटन आकर्षणबारे छलफल गर्न पाउँदा अत्यन्तै खुशी भएको वताए ।

उनले चीन र नेपाल बिचको मैत्रीपुर्ण सम्बन्ध सभ्यताहरूबीचको आपसी अन्तरघुलन तथा परस्पर प्रोत्साहनलाई प्रवद्र्धन गर्दै, विविधताहरु बिचको सहअस्तित्व र हातेमालोको अवश्यकताबारे बर्तमान बिश्वको अह्वानलाई बुलन्द गर्दै अगाडि बढिरहेको वताए । उनले सबै मिलेर हिमाल वारिपारिको मित्रतालाई नयाँ उचाइमा पु¥याउन संयुक्त रूपमा प्रयास गर्न समेत आह्वान गरे ।

कार्यक्रममा शिगात्सेको संस्कृति तथा पर्यटन विभागका उप–महानिर्देशक यान छाओच्युनले शिगात्सेको विभिन्न विशेषताहरुको वारेमा वर्णन गर्नुका साथै शिगात्से आउने सम्पुर्ण पर्यटकहरूले होटल, पर्यटक स्थल र यात्रा मार्गहरूमा छुट सुविधा पाउन सक्ने समेत वताए ।

त्यस्तै ल्हासा शहरको संस्कृति तथा पर्यटन ब्युरोका उपनिर्देशक ली चियाङ्गले ल्हासा उपत्यकाबाट हिमालय पर्वत पार गरी काठमाडौँ उपत्यकामा आएर आफ्नो शहरको ब्रान्डिङ्ग र सांस्कृतिक पर्यटन विकासबारे कुराकानी गर्न पाउँदा अत्यन्तै सम्मानित महसुस गरेको वताए । उनले ल्हासाको सांस्कृतिक तथा पर्यटन स्रोतहरू वारे आफ्नो प्रस्तुती दिएका थिए भने सम्पूर्ण उद्यमीहरू र सांस्कृतिक–पर्यटन व्यवसायीहरूलाई ल्हासा भ्रमण गर्न, ल्हासाको अनुभव लिन र ल्हासामा लगानी गर्न निमन्त्रणा गरेका थिए ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराश जोशी, टानका पूर्व अध्यक्ष ज्योति अधिकारी, वरिष्ठ पर्यटन व्यवसायी बिश्वेश श्रेष्ठ लगायत नेपालका टुर अपरेटरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिनुका साथै फोटो प्रर्दशनी समेत आयोजना गरिएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।