logo

सुमेघ ग्रुपको‘सुमेघ होलिडेज’ सञ्चालनमा

    507   पटक पढिएको


२४ पुस/अर्थ र व्यापार – नेपालको पर्यटन व्यवसायको अग्रणी संस्था सुमेघ ग्रुपले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा ‘सुमेघ होलिडेज’ को शुभारम्भ गर्दै पर्यटन उद्योगमा नयाँ अध्याय प्रारम्भ गरेको जनाएको छ ।
सुमेघ ग्रुपले ‘सुमेघ होलिडेज’ शुभारम्भले नेपालको पर्यटन उद्योगमा नयाँ ऊर्जा थप्ने अपेक्षा लिईएको जनाएको छ ।
सुमेघ होलिडेजले ग्राहकमैत्री सेवा अनुभव सुनिश्चित गर्दै यात्रुहरूका आवश्यकतालाई ध्यानमा राख्दै अनलाइन बुकिङ प्रणाली, सहज यात्रा व्यवस्थापन, नवीनतम प्रविधिको प्रयोगद्वारा उत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरू सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
सुमेघ होलिडेजले नेपाल भिजिट अभियान सञ्चालन गर्दै नेपाललाई चिनाउदै विश्वकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।
नेपालबाट २६ सेप्टेम्बर २०१९ मा पहिलो पटक जापानको नारिताकालागि नेपाल वायुसेवा निगमद्वारा चार्टर्ड उडान सुमेघ टुर्स एण्ड ट्राभल्सले गराएको जानकारी गराउँदै सुमेघ ग्रुपले नेपालको पर्यटन उद्योगलाई सधै विश्वसनीयता, नवप्रवर्तन र उत्कृष्टता स्थापना गर्ने अपेक्षा गरिएको बताएको छ ।
स्थानीय र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्दै यसले नेपालको अर्थतन्त्रलाई बलियो बनाउने र सांस्कृतिक पहिचानलाई विश्वभर प्रवद्र्धन गर्ने स्पष्ट उद्देश्य रहेको सो ग्रुपले जनाएको छ । सुमेघ ग्रुपले यो सुरुवातलाई पर्यटन उद्योगको नयाँ युगको रूपमा स्थापना गर्ने दृढ विश्वास राखेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।