logo

सुमेघ ग्रुपको‘सुमेघ होलिडेज’ सञ्चालनमा

    818   पटक पढिएको


२४ पुस/अर्थ र व्यापार – नेपालको पर्यटन व्यवसायको अग्रणी संस्था सुमेघ ग्रुपले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा ‘सुमेघ होलिडेज’ को शुभारम्भ गर्दै पर्यटन उद्योगमा नयाँ अध्याय प्रारम्भ गरेको जनाएको छ ।
सुमेघ ग्रुपले ‘सुमेघ होलिडेज’ शुभारम्भले नेपालको पर्यटन उद्योगमा नयाँ ऊर्जा थप्ने अपेक्षा लिईएको जनाएको छ ।
सुमेघ होलिडेजले ग्राहकमैत्री सेवा अनुभव सुनिश्चित गर्दै यात्रुहरूका आवश्यकतालाई ध्यानमा राख्दै अनलाइन बुकिङ प्रणाली, सहज यात्रा व्यवस्थापन, नवीनतम प्रविधिको प्रयोगद्वारा उत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरू सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
सुमेघ होलिडेजले नेपाल भिजिट अभियान सञ्चालन गर्दै नेपाललाई चिनाउदै विश्वकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।
नेपालबाट २६ सेप्टेम्बर २०१९ मा पहिलो पटक जापानको नारिताकालागि नेपाल वायुसेवा निगमद्वारा चार्टर्ड उडान सुमेघ टुर्स एण्ड ट्राभल्सले गराएको जानकारी गराउँदै सुमेघ ग्रुपले नेपालको पर्यटन उद्योगलाई सधै विश्वसनीयता, नवप्रवर्तन र उत्कृष्टता स्थापना गर्ने अपेक्षा गरिएको बताएको छ ।
स्थानीय र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्दै यसले नेपालको अर्थतन्त्रलाई बलियो बनाउने र सांस्कृतिक पहिचानलाई विश्वभर प्रवद्र्धन गर्ने स्पष्ट उद्देश्य रहेको सो ग्रुपले जनाएको छ । सुमेघ ग्रुपले यो सुरुवातलाई पर्यटन उद्योगको नयाँ युगको रूपमा स्थापना गर्ने दृढ विश्वास राखेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।