logo

पर्यटन व्यवसायी सिम्खडालाई सिटि अफ जर्सी सिटिको सम्मान

    1442   पटक पढिएको

२१ माघ/अर्थ र व्यापार- पर्यटन व्यवसायी तथा हिँडे पुगिन्छ पुस्तकका लेखक राजन सिम्खडालाई अमेरिकाको सिटि अफ जर्सी सिटिले आफ्नो योगदान, सोच र प्रतिबद्धताका कारण समाजमा महत्वपूर्ण प्रभाव पारेको भन्दै सम्मान प्रदान गरेको छ ।

सिटिका काउन्सिल प्रेसिडेन्ट जोयसी ई.वाटरमेन द्धारा हस्ताक्षरित सम्मान पत्रमा सिम्खडाले व्यवसाय तथा अन्य क्षेत्रमार्फत गरेको योगदान, उनको सोच र निरन्तरको प्रतिवद्धताले समाजलाई महत्वपूर्ण प्रभाव पारेको उल्लेख छ । पर्यटन व्यवसायी सिम्खडाको कार्यहरुले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रभाव पारेको भन्दै जर्सी सिटिले सिम्खडालाई सम्मान प्रदान गरेको हो ।

पर्यटन व्यवसायी सिम्खडा अर्थबाउण्ड एक्सपिडिसन प्रा.लि.का संस्थापक तथा प्रबन्ध निर्देशक समेत हुन । त्यसका साथै उनी होटल व्यवसायमा समेत संलग्न छन् । उनको कम्पनी अर्थबाउण्ड एक्सपिडिसनले बार्षिक रुपमा करिव दुई हजार पाँच सय पर्यटकलाई नेपाल, भारत, भुटान तथा तिव्वतमा सेवा प्रदान गर्दै आएको छ ।

सिम्खडाले हिँडे पुगिन्छ नामक पुस्तक समेत प्रकाशित गरेका छन । पुस्तकमा उनले राखेका विचार र सोचहरु नेपालका निति निर्माता तथा युवा पुस्ताका लागी निकै सान्र्दभिक भएको भनेर समेत चर्चा हुने गरेको छ ।

गत वर्ष मात्र सिम्खडाले नेपालमै पहिलो पटक भारतको सिमानादेखि चिनको सिमानासम्म १७ दिन लामो थ्रु हाईक सम्पन्न गरेका थिए । लामो समयदेखि कलाकारितामा समेत संलग्न सिम्खडा मोटिभेसनल स्पिकरका रुपमा समेत परिचित छन । त्यसका साथै बार्षिकरुपमा उनको कम्पनीले आफ्नो नाफाको केहि प्रतिशत रकम नेपालको दुर्गम क्षेत्रका विद्यालय तथा विद्यार्थीहरुलाई समेत सहयोग गर्ने गरेको छ ।

“यो सम्मानले नेपालमा बसेर पनि सृजनात्मक ढंगले काम गर्ने हो भने समाजमा केहि न केहि प्रभाव र सकारात्मक योगदान गर्न सकिन्छ र त्यो योगदानको कदर पनि हुन्छ भन्ने अनुभव भएको छ”–सिम्खडाले भने ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।