logo

पर्यटन व्यवसायी सिम्खडालाई सिटि अफ जर्सी सिटिको सम्मान

    1132   पटक पढिएको

२१ माघ/अर्थ र व्यापार- पर्यटन व्यवसायी तथा हिँडे पुगिन्छ पुस्तकका लेखक राजन सिम्खडालाई अमेरिकाको सिटि अफ जर्सी सिटिले आफ्नो योगदान, सोच र प्रतिबद्धताका कारण समाजमा महत्वपूर्ण प्रभाव पारेको भन्दै सम्मान प्रदान गरेको छ ।

सिटिका काउन्सिल प्रेसिडेन्ट जोयसी ई.वाटरमेन द्धारा हस्ताक्षरित सम्मान पत्रमा सिम्खडाले व्यवसाय तथा अन्य क्षेत्रमार्फत गरेको योगदान, उनको सोच र निरन्तरको प्रतिवद्धताले समाजलाई महत्वपूर्ण प्रभाव पारेको उल्लेख छ । पर्यटन व्यवसायी सिम्खडाको कार्यहरुले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रभाव पारेको भन्दै जर्सी सिटिले सिम्खडालाई सम्मान प्रदान गरेको हो ।

पर्यटन व्यवसायी सिम्खडा अर्थबाउण्ड एक्सपिडिसन प्रा.लि.का संस्थापक तथा प्रबन्ध निर्देशक समेत हुन । त्यसका साथै उनी होटल व्यवसायमा समेत संलग्न छन् । उनको कम्पनी अर्थबाउण्ड एक्सपिडिसनले बार्षिक रुपमा करिव दुई हजार पाँच सय पर्यटकलाई नेपाल, भारत, भुटान तथा तिव्वतमा सेवा प्रदान गर्दै आएको छ ।

सिम्खडाले हिँडे पुगिन्छ नामक पुस्तक समेत प्रकाशित गरेका छन । पुस्तकमा उनले राखेका विचार र सोचहरु नेपालका निति निर्माता तथा युवा पुस्ताका लागी निकै सान्र्दभिक भएको भनेर समेत चर्चा हुने गरेको छ ।

गत वर्ष मात्र सिम्खडाले नेपालमै पहिलो पटक भारतको सिमानादेखि चिनको सिमानासम्म १७ दिन लामो थ्रु हाईक सम्पन्न गरेका थिए । लामो समयदेखि कलाकारितामा समेत संलग्न सिम्खडा मोटिभेसनल स्पिकरका रुपमा समेत परिचित छन । त्यसका साथै बार्षिकरुपमा उनको कम्पनीले आफ्नो नाफाको केहि प्रतिशत रकम नेपालको दुर्गम क्षेत्रका विद्यालय तथा विद्यार्थीहरुलाई समेत सहयोग गर्ने गरेको छ ।

“यो सम्मानले नेपालमा बसेर पनि सृजनात्मक ढंगले काम गर्ने हो भने समाजमा केहि न केहि प्रभाव र सकारात्मक योगदान गर्न सकिन्छ र त्यो योगदानको कदर पनि हुन्छ भन्ने अनुभव भएको छ”–सिम्खडाले भने ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।