logo

निगम सुधार गर्न उपसमिति गठन

    721   पटक पढिएको

२६ पुस/अर्थ र व्यापार – नेपाल वायुसेवा निगममा देखिएका समस्या अध्ययन गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन गरेको छ । निगमको सुधारबारे गठन भएको यो दसौं समिति हो ।
नेपाल वायुसेवा निगमबारे मंगलबार र बिहीबारको छलफलपछि समितिले नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गरेको हो । समितिमा कांग्रेसका सांसद योगेश गौचन थकाली, एमाले सांसद सुनीता बराल र माओवादी केन्द्रकी छिरिङ ल्हामु लामा (तामाङ) सदस्य छन् ।
उपसमितिलाई निगमका विदेशमा रहेका स्टेसनबाहेक अन्य छिमेकी राष्ट्रका वायुसेवा कम्पनीहरूबारे पनि अध्ययन गरेर निगमको सुधारबारे सुझाउन भनिएको छ । उपसमितिले समितिलाई एक महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउनुपर्नेछ । निगम सुधार्न गठन भएको यो १० औं समिति रहेको समितिका सदस्य माओवादी केन्द्रका सांसद सुदन किरातीले जनाए ।
‘म पर्यटनमन्त्री हुँदा नवौं अध्ययन कार्यदल बनाइएको थियो । सो समितिले सुझाएका विषय कार्यान्वयन गर्न अर्को समिति पनि बनाइएको स्मरण गर्दै किरातीले भने, ‘हामी अध्ययन समितिमाथि समिति बनाउनेभन्दा भएका अध्ययनलाई कार्यान्वयन गर्न लागे निगमको हित हुनेछ ।’
यसअघि निगमको संरचनागत सुधारका लागि २०७९ चैतमा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति बनाइएको थियो । हवाई बजारको प्रचुर सम्भावना भए पनि निगम ५२ अर्ब ऋणमा सञ्चालित छ ।
व्यवस्थापकीय अस्थिरता, जहाजको अभाव, झन्झटिलो आर्थिक खरिद प्रक्रिया, महँगो कर्जा दर, राजनीतिक हस्तक्षेप, नवीनतम प्रविधिबारे ज्ञान नभएका कर्मचारीहरूको बाहुल्यलगायत कारण निगम आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा उपस्थिति गुमाउँदै आएको छ ।
निगमबारे २०५२ सालमा कल्याणदेव भट्टराईले पहिलो पटक श्वतेपत्र जारी गरेका थिए । त्यसयता निगमको अध्ययन गर्न हरेक सरकारले साना–ठूला अध्ययन समिति बनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।