logo

ल्याण्डमार्क होटल एण्ड रिसोर्टसको भ्यालेन्टाइन डे अफर सार्वजनिक

काठमाडौं, पोखरा, चितवन र भैरहवामा अफर पाईने

    745   पटक पढिएको

२४ माघ /अर्थ र व्यापार – आगामी भ्यालेन्टाइन डे (फेब्रुअरी १४) को अवसरमा ल्याण्डमार्क होटल एण्ड रिसोर्टसले ‘भ्यालेन्टाइन डे’ अफर सार्वजनिक गरेको छ ।
आगामी २ फागुनमा पर्ने भ्यालेन्टाइन डे का लागि आफ्ना ग्राहकहरुका लागि सो होटलले भ्यालेन्टाइन डे विशेष अफर सार्वजनिक गरेको जनाएको छ । ल्याण्डमार्क होटल एण्ड रिसोर्टसले ल्याण्डमार्क काठमाडौ, ल्याण्डमार्क फरेष्ट पार्क चितवन, ल्याण्डमार्क पोखरा र ल्याण्डमार्क भैरहवाका होटलको सेवामा विशेष अफर प्रदान गर्न लागेको होटलले जनाएको छ ।
यस अफरमा सहभागी हुने ग्राहकहरुले चितवनस्थित ल्याण्डमार्क फरेस्टपार्कमा १ रात २ दिनको प्याकेजमा १७ हजार ६सय रुपैयाँ र २ रात तिनदिने प्याकेजमा २६ हजार १ सय रुपैयाँ बुझाएर होटलका कोठा बुकिङ गर्दा आकर्षक ब्रेकफास्ट, क्यान्डिल नाइट डिनर, वाइन, फ्रुट ब्रेकफास्ट, विमानस्थलबाट ल्याउने र लैजाने दुबै सेवा उपलब्ध हुने व्यवस्था रहेको सो होटलले जनाएको छ ।
यसैगरी, सो होटलले ल्याण्डमार्क काठमाडौंका लागि १ रात २ दिनको प्याकेजमा १३ हजार ४ सय रुपैयाँ र २ रात तिन दिने प्याकेजमा १८ हजार ९ सय रुपैयाँ बुझाएर होटलका कोठा बुकिङ गर्दा आकर्षक ब्रेकफास्ट, क्यान्डिल नाइट डिनर, वाइन, फ्रुट ब्रेकफास्ट, विमानस्थलबाट ल्याउने र लैजाने दुबै सेवा उपयोग गर्न पाउने छन् ।
त्यसैगरी, ल्याण्डमार्क पोखराका लागि १ रात २ दिनको प्याकेजमा जम्मा १५ हजार रुपैयाँ र २ रात तिनदिने प्याकेजमा २३ हजार ५ सय रुपैयाँमा होटलका कोठा बुकिङ गर्दा आकर्षक ब्रेकफास्ट, क्यान्डिलनाइट डिनर, वाइन, फ्रुट ब्रेकफास्ट, विमानस्थलबाट ल्याउने र लैजाने दुबै सेवा उपयोग गर्न पाउने छन् ।
त्यस्तै, ल्याण्डमार्क भैरहवाका लागि १ रात २ दिनको प्याकेजमा १२ हजार ५ सय रुपैयाँ र २ रात तिनदिने प्याकेजमा १८ हजार रुपैयाँ बुझाएर होटलका कोठा बुकिङ गर्दा आकर्षक ब्रेकफास्ट, क्यान्डिलनाइट डिनर, वाइन, फ्रुट ब्रेकफास्ट, विमानस्थलबाट ल्याउने र लैजाने दुबै सेवा उपयोग गर्न पाउने छन् । होटलले यो विशेष आकर्षक अफरको उचित लाभ लिन सबैलाई आह्वान गरिएको जनाएको छ ।
यस आकर्षक योजनामा सहभागी हुनका लागि यहि ७ देखि २८ फेब्रुअरीसम्मको समय निर्धारण गरिएको होटलले जनाएको छ । विशेषगरि नेपालमा पनि भ्यालेन्टाईन डे मनाउने प्रचलन बढ्दै गएको अवस्थालाई मध्यनजर गरि देशभित्र आन्तरिक पर्यटन लाई प्रवद्र्धन गर्न होटलले यस अफर ल्याएको होटलका निर्देशक सि.एन पाण्डेले वताए । विदेशी र आन्तरिक पर्यटक दुवैको उच्च रोजाईमा परेका कारण पनि ग्राहकहरुलाई थप लाभ हुन सकोस भनेर होटलले समय–समयमा यस्ता अफरहरु सार्वजनिक गर्ने गरेको समेत पाण्डेले वताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।