४ माघ/अर्थ र व्यापार – लामो समयदेखि कर्जाको भारमा रहेको नेपाल वायूसेवा निगमले सरकारी स्वामित्वको ऋण दाता नागरिक लगानी कोष र सञ्चय कोषलाई ५३ करोड ९ लाख रूपैयाँ कर्जा किस्ता र ब्याज भुक्तानी गरेको छ ।
निगमले दुई थान न्यारोबडी विमानको पुस महिनाको किस्तावापतको पुरा रकम र वाइडबडी विमानको किस्तावापतको आंशिक रकम समेत गरी कुल ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रूपैयाँ भुक्तानी गरेको हो ।
निगमका अनुसार कर्जाको किस्ता भुक्तानीलाई नियमित गर्ने अभियान शुरू गरेयता ऋण दाता संस्थालाई कुल ६ अर्ब ८५ करोड ९५ लाख ५२ हजार रूपैयाँ भुक्तानी गरिएको छ।
अन्तर्राष्ट्रिय वायूसेवा उडानमा सीमित यो कम्पनीसँग हाल दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी विमान सञ्चालनमा रहेको छ । ट्वीनअट्टर विमानको नियमित मर्मत सम्भारमा चुक्दा अहिले निगमको आन्तरिक उडान सेवा भने गत एक महिनादेखि नै ठप्प छ । आन्तरिक उडान नभएका कारण अहिले आन्तरिक हवाइ यात्रुले चर्को भाडा तिर्न बाध्य भएका छन् ।
तपाईको प्रतिक्रिया