logo

एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपालको अध्यक्षमा नहर्की निर्वाचित

    1233   पटक पढिएको


१९ चैत/अर्थ र व्यापार – एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपाल (एक्टोन) को अध्यक्षमा विमल नहर्की निर्वाचित भएका छन् ।
काठमाडौमा सम्पन्न एक्टोनको साधारणसभाबाट अध्यक्षतामा नहर्की लगायत सबै नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । एक्टोनको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा रमेश प्रसाद ओझा, महासचिवमा प्रदिप पण्डित,सचिवमा गोपाल थापा र कोषाध्यक्षमा भुवनबहादुर खड्का निर्वाचित भएका छन । यसैगरी, कार्यसमिति सदस्यहरुमा बसन्त बराल, गौतम बज्राचार्य र थुपदेन शेर्पा निर्वाचित भएका छन ।
यस एसोसिएसनमा आवद्ध पर्यटन व्यवसायीले कैलाश टुर्स अपरेटर्सको कामलाई थप व्यवस्थित र सहज बनाइनुपर्नेमा जोड दिंदै आएका छन् । कैलाश टुरमा विशेषगरी भारतीय पर्यटक बढी मात्रामा जाने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।