logo

पर्यटन क्षेत्रको विकासमा डिजिटल मार्केटिङमा जोड

    2189   पटक पढिएको

२० असार / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नाट्टाका सदस्य पर्यटन व्यवसायी एंव कार्यरत कर्मचारीहरुलाई आधुनिक प्रविधि तथा डिजिटल मार्केटिङ र यसको पछिल्लो ट्रेण्ड सम्बन्धि जानकारी दिने उद्देश्यले काठमाडौंमा एकदने डिजिटल मार्केटिङ ट्रेनिङ आयोजना गरेको छ । शुक्रवार आयोजित तालिमको उद्घाटन गर्दै संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सह–सचिव सुरेश आचार्यले विश्ववजारको टुर र ट्राभल क्षेत्रमा नेपालको पहुँच वढाउन डिजिटल मार्केटिङ तालिमले सहयोग पु¥याउने वताए ।

सहसचिव आचार्यले सरकारले डिजिटल मार्केटिङलाई एउटा ठूलो संयन्त्र नै बनाएर अगाडी वढाउने तयारी गरिरहेको वताए ।“सन् २०२० मा नेपालले २० लाख पर्यटकलाई नेपाल भित्र्याउने तयारी गरिरहेको सन्दर्भमा उनीहरुको व्यवस्थापनका लागी डिजिटल मार्केटिङमा जोड दिनुपर्छ”–आचार्यले भने । 

तलिमको उद्घाटन कार्यक्रममा बोल्दै नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले नाट्टाले यसका सदस्य व्यवसायी र कर्मचारीहरुलाई प्रविधिमा आएको पछल्लो परिवर्तनलाई जानकारी गराउन पनि तालिम आयोजना गरिएको वताए ।“अव परम्परागत मार्केटिङले पर्यटन व्यवसायच ल्न सम्भव छैन,हाम्रा विभिन्न टुर प्याकेजहरुलाई पनि डिजिटलाईज्ड गर्नु आवश्यक छ”–पाण्डेले भने । नाट्टाले प्रदेश १,२ र ५ मा पनि यो तालिम आयोजना गरिसकेको वताउँदै अध्यक्ष पाण्डेले आगामी दिनमा पनि यस्ता तालिमहरु आयोजना गरिने वताए ।

नाट्टाका महासचिव एंव तालिम कार्यक्रमका संयोजक रमेश थापाले निकट भविष्यमा समेत यस किसिमका तालिम तथा वर्कसप कार्यक्रमहरुलाई निरन्तरता दिई पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई आधुनिक प्रविधि, डिजिटल मार्केटिङ तथा प्रविधि क्षेत्रका पछिल्ला   परिवर्तनहरुबारे जानकारी गराइने वताए ।

तलिममा नाट्टाका सदस्य ट्राभल एजेन्सीका सञ्चालक तथा कर्मचारीहरुको उपस्थिति रहेको छ । यसअघि नाट्टा केन्द्र तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नाट्टाका सबै प्रदेशहरुमा १ दिने डिजिटल मार्केटिङ सम्बन्धी तालिमको आयोजना गरिसकेको छ ।  गरिने भएको छ । धनगढी, डडेलधुरा, कंचनपुरलाई समावेश गरि प्रदेश नं ७ मा असार १४, काकडभिट्टा, धरान तथा इलामलाई समावेश गरि प्रदेश १ मा असार १६ र नाट्टा पाल्पा च्याप्टर, बुटवल, लुम्बिनी, भैरहवा र रुपन्देहीलाई समेटने गरि प्रदेश ५ मा असार १८ मा तालिम सम्पन्न भईसकेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।