८असार / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल(टान) को ४१ आंै वार्षिक साधारणसभा आगामी भाद्र २० (सेप्टेम्बर ६) का दिन हुने भएको छ । आईतवार बसेको टानको ३९ औं पूर्ण बैठकले टानको साधारणसभाको मिति तोकेको टानका महासचिव आङपेम्बा शेर्पाले अर्थ र व्यापारलाई वताए ।
ट्रेकिङ व्यवसायिहरुको छाता संस्था टानको यस साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ । वर्तमान अध्यक्ष नवराज दाहालको नेतृत्वको टानले समयमै साधारणसभा गर्ने निर्णय गरेपश्चात टानको आगामी नेतृत्व लिन चाहने व्यवसायिहरु वारे चर्चा परिचर्चा समेत सुरु भईसकेको छ ।
तपाईको प्रतिक्रिया