logo

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको अध्यक्षमा हरि धरेल चयन

    1780   पटक पढिएको

२३ जेठ / अर्थ र व्यापार - नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनको पाँचौं वार्षिक साधारणसभा तथा निर्वाचन सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघीय संसद सदस्य जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य सूर्य थापा, नेपालका लागि ग्रिसका महावाणिज्य दूत विक्रम पाँडे, नेपालका लागि बेल्जियमका वाणिज्य दूत आङ्गछिरिङ्ग शेर्पा तथा पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोविन्द भट्टराईले सम्बोधन गरेका थिए । 

हिजो विश्व वातावरण दिवसका अवसरमा संघले दिगो पर्यटनका लागि प्राकृतिक तथा साहसिक खेल विषयक अन्तरक्रियासमेत गरेको थियो । पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोविन्द भट्टराईले खेलकुद पर्यटन सम्बन्धि विषयवस्तुबारे प्रस्तुति गरे भने अन्य अतिथिले नेपाल साहसिक तथा पर्यटकीय खेलकुदको प्रचुर सम्भावना भएको मुलुक भएकाले पर्यटन प्रवर्धन गर्न स्पोर्ट क्लाइम्बिङ्गले महत्वपूर्ण योगदान पुर्याउने धारणा राखे । 

कार्यक्रममा एसोसिएसनका अध्यक्ष हरि धरेलले प्रस्तुत गरेको वार्षिेक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रेम नारायण अधिकारिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरियो । त्यसैगरी आगामी चार वर्षे कार्ययोजना पारित गर्दै नयाँ पदाधिकारी निर्विरोध चयन भएका छन् । संघको अध्यक्षमा हरि धरेल, उपाध्यक्षमा सुनार गुरुङ, सम्पन्न याकथुम्बा र प्रेम नारायण अधिकारी चयन भएका छन् भने महासचिवमा मेघराज पौड्याल र सचिवमा ठाकुर न्यौपाने तथा कोषाध्यक्षमा दोरिन्द्र राज दाहाल चुनिएका छन् । सदस्यहरुमा दिपेश केसी, लाक्पा शेर्पा, सन्तोष मादेन, केशव सापकोटा, चारु श्रेष्ठ, अन्जु रावत, सुजित कँडेल, हरेराम खड्का र तुल्सिङ्ग गुरुङ चुनिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।