८भाद्र/ अर्थ र व्यापार- नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनलाई लक्षित गर्दै वार्ता टोली गठन गरेको छ । संघले अध्यक्ष आर.वि अधिकारीको नेतृत्वमा सोनामजी शेर्पा,अशोक के.सि,पासाङ शेर्पा,धनप्रसाद गुरुङ,नकुल देवकोटा र जंग लामा सदस्य रहेको वार्ताटोलि गठन गरेको अध्यक्ष आर.वि अधिकारीले अर्थ र व्यापारलाई वताए ।
वार्ताटोलिले आँफुहरुसंग विचार र एजेण्डा मिल्ने व्यवसायी र समुहहरुसंग छलफल गर्ने अध्यक्ष अधिकारीले वताए । आँफुहरुले प्रजातान्त्रिक विचार राख्ने र कम्युनिष्ट विचारधाराका व्यवसायीहरुसंग पनि वार्ता गरि टान निर्वाचनका लागी सवै व्यवसायीहरुलाई समेटेर सशक्त समुह निर्माण गर्ने अधिकारीले वताए ।
तपाईको प्रतिक्रिया