logo

बुधवार प्रथम अन्तर्राष्ट्रिय माउन्टेन टुरिजम डे मनाईने

    1399   पटक पढिएको

१४ ज्येष्ठ / अर्थ र व्यापार- मे २९ बुधवारका दिन नेपालमा प्रथम अन्तर्राष्ट्रिय माउण्टेन टुरिजम डे मनाईने भएको छ । नेपाल पर्यटन वोर्ड र नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन ।

बुधवार हुने कार्यक्रमका लागी पर्वतिय पर्यटनसंग सम्बन्धि विभिन्न मुलुकका सय भन्दा बढि पाहुनाहरु नेपाल आईसकेको नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले अर्थ र व्यापारलाई वताए । “नेपाल पर्वतिय पर्यटनको एक प्रमुख केन्द्र हो, सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा यो कार्यक्रमले सरकारको लक्ष्यलाई सफल पार्न सहयोग पु¥याउने हाम्रो अपेक्षा छ”–नाट्टाका अध्यक्ष पाण्डेले भने ।

यहि कार्यक्रमलाई सफल पार्न सोमवार नाट्टाका पूर्व अध्यक्षहरुको बैठक समेत बसेको थियो । पूर्व अध्यक्षहरुको बैठकले बुधवार हुने कार्यक्रमलाई भव्यताका साथ सफल पार्न आवश्यक सम्पूर्ण तयारीहरु गर्ने निर्णय गरेको पाण्डेले वताए । बुधवार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कार्यक्रमको औपाचारीक उद्घाटन गर्नेछन । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।