logo

टान कोषाध्यक्षमा बासु लम्सालले उम्मेदवारी दिने, टानलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्य

    3070   पटक पढिएको

३ श्रावण / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोेशियसन अफ नेपाल (टान) को आगामी भदौ २० गते हुने निर्वाचनमा एड्भेञ्चर हिमालय सर्किट ट्रेक्स एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक बासु लम्सालले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने वताएका छन । यसअघि टानको कार्यसमिति सदस्य समेत रहिसकेका लम्साल होटल व्यवसायमा समेत आवद्ध छन । लम्साल विगत १६ वर्षदेखि पदयात्रा पर्यटन व्यवसायमा आवद्ध छन ।

“पछिल्ला वर्षहरुमा टान आर्थिक रुपमा संकटमा पर्दै गएको अवस्थामा टानलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ कोषाध्यक्ष पदमा उम्मेदवारी दिने सोच वनाएको हुँ”–लम्सालले भने । आँफुलाई अग्रज पर्यटन व्यवसायी र युवा पर्यटन व्यवसायीहरु सवैले कोषाध्यक्ष पदमा उम्मेदवारी दिनका लागी सुझाव दिएको वताउँदै सवैको सल्लाहमा आँफु अगाडी बढेको लम्सालले वताए ।

टानमा आर्थिक पारदर्शिता कायम गर्ने, टिम्सको समस्या समाधान गर्ने र अन्य आर्थिक स्रोतहरुको खोजी गर्दै टानलाई आर्थिक रुपमा सबल बनाउने आफ्नो एजेण्डा रहेको लम्सालले वताए । त्यसवाहेक मजदुरहरुको समस्या समाधान गर्दै उनीहरुको हितलाई ध्यानमा राख्दै अगाडी बढ्ने समेत उनले वताए । यसअगाडी टानको कार्यसमितिमा रहँदा मजदुर विभागको संयोजक रहेका कारण पनि आँफुले उनीहरुको समस्या बुझेको र समाधानका लागी पहल गर्न सक्ने उनको धारणा छ ।

“टान पदयात्रा पर्यटन व्यवसायीहरुको साझा संस्था हो,यसको गरिमा हामी सदस्यहरुले नै वढाउने हो,  यदि म भन्दा योग्य,शिक्षित र अझ अग्रज व्यवसायी कोषाध्यक्ष पदमा आकांक्षी देखिए म उहाँलाई सहयोग गर्छु”–लम्सालले भने ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।