logo

श्रावण १ देखि निभास बुटिक होम सञ्चालनमा आउने

    3968   पटक पढिएको

२२ असार / अर्थ र व्यापार- काठमाडौंको सोह्रखुट्टे नयाँवजारमा बुटिक स्वरुप र शैलीमा निर्मित निभास बुटिक होम आगामी श्रावण १ गतेदेखि सञ्चालनमा आउने भएको छ । युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले बुटिक होम निर्माण गरेका हुन । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का कार्यसमिति सदस्य समेत रहेका नेपालले विगत लामो समयदेखि नेपालमा चीनियाँ पर्यटकहरु भित्र्याउँदै आएका छन ।

होटलमा पुराना झ्याल ढोका र काठहरुको प्रयोग गरिएको छ । “पर्यटकलाई घरमै बसेजस्तो अनुभुति होस भन्ने ढंगले होटलको निर्माण गरिएको छ, त्यसका साथै होटलमा हरेक बिहान पुजाआँचा,बेलुका आरति गर्ने गरिन्छ”–सञ्चालक नेपालले भने । पर्यटकहरुलाई नेपाली कला,संस्कृति र जीवनशैली समेत देखाउने हिसावले होटल सञ्चालन गरिने नेपालले अर्थ र व्यापारलाई वताए ।

निभास बुटिक होममा फेमिलि रुम,स्विट रुम र डिलक्स रुम रहेका छन । त्यसका साथै रुफ टप रेष्टुरेण्ट र एक सय जना क्षमताको सेमिनार हल समेत रहेको छ । हरेक रुमहरु पाँचतारे होटलको सेवा सुविधासरह रहने गरी तयार गरिएको नेपालले वताए । होटलमा नेपालमै उत्पादित अर्गानिक खाद्य पदार्थहरुको मात्र प्रयोग गर्ने होटलको तयारी छ ।   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।