logo

काठमाडौंको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना

    1895   पटक पढिएको

१९ असार / अर्थ र व्यापार - काठमाडौंको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटक प्रहरी एकाइको संयुक्त लगानीमा काठमाडौंको ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको हो । पर्यटकहरूको सेवा र सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना गरिएको सेवा केन्द्रमा पर्यटकहरूलाई सूचना दिने गरी हटलाइन सेवा र अनलाइन सेवाको पनि बुधबारदेखि सुचारु गरीएको छ । 
सूचना केन्द्रमा पर्यटकहरूको लागि आवश्यक सूचना ११४४ नम्बरको हटलाइन सेवाबाट निःशुल्क रूपमा उपलब्ध हुनेछ । केन्द्रको उद्घाटन गर्दै पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन सेवालाई यी प्रविधिहरूले थप सहज बनाउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रविधिको प्रयोगबाट बजारको सुरक्षा गर्न लागि आवश्यक सूचना केन्द्रहरूको स्थापना गर्ने कामलाई प्राथमिकता दिइएको बताए । उनले समुदायलाई आफ्नो क्षेत्रको सुरक्षाका लागि आवश्यक सचेतना अपनाउन पनि आग्रह गरे ।

पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको टुष्टि पुलिस मोबाइल एप पर्यटनसम्बन्धी जानकारी एवं पर्यटकहरूको गुनासो तथा समस्यालाई सहज ढंगले सम्बोधन गर्ने उद्देश्यले निर्माण गरिएको हो । उक्त एप एन्ड्रोएड मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।