logo

नाट्टा ५ नम्बर प्रदेशको अध्यक्षमा अधिकारी

    2209   पटक पढिएको

१२ श्रावण / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ५ नम्बर प्रदेशको अध्यक्षमा कृष्णप्रसाद अधिकारी (सागर) चयन भएका छन । शनिवार भएको साधारणसभाले अध्यक्षमा अधिकारीलाई चयन गरेको हो ।

त्यसैगरी संस्थाको प्रथम उपाध्यक्षमा रचना पन्त,द्वितिय उपाध्यक्षमा कुलचन्द्र पाण्डे,तृतिय उपाध्यक्षमा अमितमान श्रेष्ठ,महासचिवमा चन्द्र बहादुर थापा,सचिवमा अन्जन श्रेष्ठ,कोषाध्यक्षमा प्रदिपकुमार पोखरेल र सहकोषाध्यक्षमा अंकित जैसवाल चयन भए । त्यस्तै सदस्यहरुमा प्रसाद भट्ट,विना न्यौपाने,ज्ञानु पोखरेल,सुदिप श्रीवास्तव,अमाशंकर सिंह खड्का,विलाश श्रेष्ठ र महेश पन्थी चयन भएका छन ।

५ नम्बर प्रदेशकि वन,वातावरण तथा पर्यटन मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भयो । साधारणसभामा बोल्दै नाट्टा केन्द्रका अध्यक्ष सि.एन.पाण्डेले नाट्टाले देशैभरी पर्यटन क्षेत्रको विकासका लागी सम्पूर्ण शाखाहरुलाई थप सक्रिय वनाउन चाहेको वताए । उनले प्रदेश ५ पर्यटनका दृष्टिे निकै सम्भावना बोकेको क्षेत्र भएकोले यस प्रदेशको पर्यटन क्षेत्रको विकासका लागी सरकार र नीजि क्षेत्र मिलेर अगाडी बढ्नुपर्ने वताए । साधारणसभामा नाट्टा केन्द्रका महासचिव रमेश थापा,सह–कोषाध्यक्ष सुरेन्द्र भट्टराई लगायत सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।