logo

त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनलसम्म निःशुल्क बस सेवा

त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई वटा माइक्रोबसलाई सो प्रयोजनका लागि उपयोगमा ल्याइएको हो ।

२०७८ कार्तिक २३

सिलिंक ट्राभल्स एण्ड टुर्सको नयाँ लोगो सार्वजनिक

सिलिंक ट्राभल्स एण्ड टुर्स प्रालिले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा नयाँ लोगो सार्वजनिक गरेको छ । सन् २००७ मा टिकेटिङ्ग सेवा प्रदान गर्ने उदेस्यले स्थापना गरिएको सिलिंक ट्राभल्स एण्ड टुसले आफ्नो सेवाहरुलाई प्रविधिमा आधारित भएर अघि बढाउने लक्ष्यकासाथ नयाँ टिम र नयाँ सोच लिएर अगाडी बढेको सिलिंक ट्राभल एण्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक राजु ढकालले बताए ।

२०७८ कार्तिक २२

गुण एयरले सिमरा उडान थाल्यो 

निजी लगानीको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्स ले ३०  सिटको जेट्स्ट्रीम विमानद्वारा सोमबारदेखि काठमाडौ–सिमरा नियमित व्यवसायीक हवाई उडान सुरु गरेको छ । यस उडानको पहिलो दिननै सिमरामा यात्रुबाट पुर्णसाथ प्राप्त भएकोले गुण एयरलाइन्स उत्साहित भएको सो कम्पनीले जनाएको छ ।

२०७८ कार्तिक १६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा गुरागाइँ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक परिवर्तन भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको एभिएसन सेफ्टी एन्ड सेक्युरिटी विभाग प्रमुख रहेका भोलाप्रसाद गुरागाइँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको छ ।

२०७८ कार्तिक १५

पर्यटन क्षेत्रका लागि विशेष प्याकेज ल्याउन माग

पर्यटन व्यवसयाीहरूले पर्यटन क्षेत्रका लागि विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । शनिबार संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर व्यवसायीहरूले यस्तो माग गरेका हुन् ।

२०७८ कार्तिक १४

घुम्नैपर्ने विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल

कोरोना विश्व महामारिको चपेटाबाट विस्तारै देसको पर्यटकीय गतिविधी चलायमान भईरहेको बेला सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ‘ट्राभल गाइडबुक लोन्ली प्लानेट’ले संसारभरको घुम्नैपर्ने उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको हो ।

२०७८ कार्तिक १२

मेरा पिकमा फसेका पाँच आरोही र पदप्रदर्शकको उद्धार, ग्रान्डी अस्पतालमा उपचार हुँदै

नेपाल पर्वतारोहण संघ (एनएमए) ले सोलुखुम्बुको मेरा पिक (६,४७० मिटर) अग्लो हिमाल आरोहण गरी फर्कने क्रममा बाटामै फसेकामध्ये चारजना विदेशी र एक जना नेपाली पथप्रदर्शकलाई उद्धारगरी काठमाडौँ ल्याएको जनाएको छ ।

२०७८ कार्तिक ५

प्रधानमन्त्री देउवाले गरे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । सोमबार कास्की पुगेका प्रधानमन्त्री देउवाले सोमबार बिहान विमानस्थलको निरीक्षण गरेका हुन् ।

२०७८ असोज २५

श्री एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुग्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टयाक्सी वे बाट श्री एयरलाइन्सको विमान चिप्लिएर घाँसेमैदानतिर पुगेको छ । काठमाठौबाट नेपालगञ्जका लागि उड्न लागेको ‘९एनएएनएफ कल साइन’ भएको क्यु४००–८ विमान धावनमार्गको ट्याक्सी वेबाट चिप्लिएर घाँसै मैदानतिर पुगेको हो ।

२०७८ असोज १९

होटल ल्याण्डमार्कको चाडपर्व लक्षित प्याकेज सार्वजनिक

ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पा ले आन्तरिक पर्यटकहरुलाई लक्षित गरि चाडपर्व लक्षित प्याकेज सार्वजनिक गरेको छ । यस अफर ल्याण्डमार्क

२०७८ असोज १४

विमानको यान्त्रिक अवस्था अध्ययन गर्न सरकारले बनायो समिति

आकासमा उडेको विमानमा पटकपटक समस्या देखिएर हवाई यात्रुले अनावश्यक सास्ती भोग्नुपरेको र दुर्घटना हुन सक्ने जोखिम बढ्न थालेपछि सरकारले मुलुकमा सञ्चालनमा रहेका विभिन्न कम्पनीका विमानको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठित समितिले अब नेपालमा सञ्चालन हुने सबै वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

२०७८ असोज १४

तारा एयरले २३ असोजबाट पोखरा–जोमसोम नियमित उडान भर्ने

यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी २३ असोजदेखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ ।  विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना भाइरस संक्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो बन्द रहेको पोखरा–जोमसोम नियमित उडान सेवा लाई सुचारु गर्न लागेको सो एयरलाइन्सले जनाएको छ ।

२०७८ असोज १४

४२ औं अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा ‘द क्लिफ प्रालि’ सम्मानित

४२ औं अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा एडभेञ्चर स्पोर्ट्सको तर्फबाट ‘द क्लिफ प्रालि’ सम्मानित भएको छ ।  सोमबार पर्यटन बोर्डमा आयोजित कार्यक्रम मार्फत कम्पनीका क्लिफ प्रालिका तर्फबाट अध्यक्ष राजु कार्की र वर्ल्डवाइड एडभेञ्चर प्रालिका तर्फबाट अध्यक्ष केदार बहादुर थापा सम्मानित भएका हुन् ।प्रत्येक वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले पर्यटन दिवसको अवसरमा पारेर पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ब्यक्ति तथा संघसंस्थाहरूलाई सम्मान गर्ने गर्छ ।

२०७८ असोज ११

गंभिर दुर्घटनाबाट बच्यो बुद्ध एयरको विमान 

विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भएको छ ।सुरक्षित अवतरण गराउन काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको सो विमान केहीबेर अघि अवतरण भएको हो । विमान सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको बुद्ध एयरले जानकारी दिएको छ ।

२०७८ असोज ११

 डेढवर्ष पछि खुल्यो अनअराइभल भिसा

पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर घट्दै जनाथालेसँगै अहिले सरकारले विभिन्न मुलुकबाट नेपाल भित्रिने विदेशी पर्यटककालागि अनअराइभल भिसा दिने कार्य खुला गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निणर्य अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले विमानस्थलबाटै अनअराइभल भिसा पाउने व्यवस्था गरिएको हो ।

२०७८ असोज ८

नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा क्षेत्री 

नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुुक्त भएका छन् । राजन पोखरेलले प्राधिकरणको महानिर्देशक पदबाट राजीनामा दिएपछि उपमहानिर्देशक क्षेत्रीलाई बरियताको आधारमा निमित्त महानिर्देशक बनाइएको हो ।

२०७८ असोज ६

दुवै डोज खोप लगाएका र पीसीआर नेगेटिभ आएका पर्यटकलाई क्वारेन्टीन बस्नुपर्ने व्यवस्था हटाउन माग

नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पीसीआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टीन बस्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग गरेको छ  । परिसंघले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको भन्दै यसका लागि खोपको पूर्ण मात्रा लगाएका र पीसीआर नेगेटिभ रिपोर्ट भएका व्यक्तिलाई क्वारेन्टीन बस्नु नपर्ने व्यवस्था गर्न जोड दिएको हो ।

२०७८ असोज १

असोज पहिलो साताबाट अन्नपूर्ण आधार शिविर खुल्ने

कोरोनाले बन्द अन्नपूर्ण आधार शिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको हो ।

२०७८ भदौ २९

नेपाल सुरक्षित रहेको ‘ट्राभल एडभाइजरी’ जारी गर्न पर्यटन व्यवसायीको माग

पर्यटन क्षेत्रमा संलग्न व्यवसायीहरुले नेपाल सुरक्षित रहेको सम्बन्धमा सरकारले औपचारिक ‘ट्राभल एडभाइजरी’ जारी गर्नुपर्ने माग राखेका छन् । अधिकांश पर्यटन व्यवसायी, कर्मचारी र मुख्य गन्तव्यका स्थानीयले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाइसकेकाले यसबारे सकारात्मक सन्देश फैलाउन ‘ट्राभल एडभाइजरी’ जारी गर्नुपर्ने उनीहरुको माग छ । पर्यटन उद्योगका प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुको भेलाले यस्तो माग गर्ने निर्णय गरेको हो ।

२०७८ भदौ २८

निगमले नयाँ दिल्ली दैनिक उडान भर्ने

मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अबदेखि भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बरकालागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिका अनुसार अब निगमले काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा १० वटा उडान भर्ने भएको हो । 

२०७८ भदौ २५

आठ महिनामा ६६ हजार बढी पर्यटक भित्रिए

सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ को अंग्रेजी वर्षको जनवरीदेखि

२०७८ भदौ २०

चेम्बर पर्यटन प्रवर्द्धन तथा संस्कृति समिति सभापतिमा पूर्व नाट्टा अध्यक्ष अर्जुन शर्मा चयन

नेपाल चेम्बर अफ कमर्सको पर्यटन प्रवर्द्धन तथा संस्कृति समितिको सभापतिमा अर्जुन शर्मा चयन भएका छन् । 

२०७८ सावन १९

बुद्ध एयरले भरतपुर–भैरहवा उडान सुरू गर्ने

बुद्ध एयरले आगामी साउन ३१ गतेदेखि भरतपुर–भैरहवा उडान सुरू गर्ने भएको छ ।  कम्पनीले साउन ३१ गतेदेखि भरतपुर–भैरहवा सातामा ३ उडान गर्ने भएको हो ।

२०७८ सावन १९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुलाईमा ३ हजार विदेशी पर्यटक नेपाल भित्रिए

सन् २०२१ को जुलाई महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन हजारको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

२०७८ सावन १९

काठमाडौंमा ’मोक्सी होटल’ खोल्दै मेरियट इन्टरनेसनल 

मेरियट इन्टरनेसनलले काठमाडौंमा ’मोक्सी होटल’ खोल्ने भएको छ ।

२०७८ सावन १७

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.