सरकारले कोरोना खोपको मात्रा पुरा गरेका विदेशी पर्यटकले पाउने अनअराइभल भिसा सुविधालाई निरन्तरता दिएको छ ।
खराव मौसमले समयमै विमान अवतरण नभई आकासमा होल्ड गर्दा एक महिला यात्रु विमानभित्रै बेहोस भएकी छिन ।
निजी वायुसेवा कम्पनी यती एयरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायिक सहकार्य भएको छ ।
सरकारद्धारा गठित छानविन समितिले पशुपति धर्मशालामा होटल सञ्चालनका लागि बतास अर्गनाईजेशनसँग गरिएको सम्झौता गैर कानूनी भएको भन्दै खारेज गर्न सिफारिस गरेको छ ।
सरकारले आन्तरिक उडान भर्ने हवाई यात्रुका लागि एन्टिजेन परीक्षण अनिवार्य गरिदिएसँगै अहिले वायुसेवा कम्पनीहरुलाई समस्या भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले क्यासिनो सञ्चालक एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माईक बोल्सोभरलाई नियन्त्रणमा लिएर नेपाल छोड्न रोक लगाएको छ ।
गएरातिदेखि परेको भारी वर्षाका कारण आन्तरिक हवाई उडान र अवतरणमा आवइक भिजिबिलिटी कम भएका कारण बुधबार दिनभर मुलुभरको आन्तरिक हवाई उडान सेवा प्रभावित भएको छ ।
मुलुकको राष्ट्रिय ध्जाबहाक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा विमान एकैदिन ग्राउण्डेड भएको छ । नियमित अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटै विमानमा प्राविधिक समस्या आएपछि मंगलबारदेखि नै निगमको विमान ग्राउण्डेड भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदीय समितिले गर्ने हरेक निर्णय हुबहु पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा मन्त्री आलेले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन ।
खराव मौसमका कारण मंगलबार बिहानदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । काठमाडौँको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर विमान उडान तथा अवतरणकालागि आवस्यक भिजिबिलिटी कम भएका कारण बिहानैदेखि नियमित आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमलाई निजीकरण नगर्ने र सरकारी स्वामित्वमै सञ्चालन गरिने बताएका छन । निगमको पाँचवर्षे कार्ययोजना सार्वजनिक कार्यक्रममा मन्त्री आलेले यस्तो बताएका हुन ।
निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपालको अध्यक्षमा पुनः सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन रामेश्वर थापा निर्वाचित भएका छन् । संघको २१औं वार्षिक साधारण सभाबाट थापा पुनः संघको अध्यक्षमा निर्विरोध चयन भएका हुन् । संघको सो वार्षिक साधारण सभामार्फत आगामी दुई वर्षका लागि संघले सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन थापाको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति चयन गरेको हो ।
होटल संघ नेपालले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भेटी दिगो पर्यटनको लागि सुझाव प्रस्ततुत गरेको छ । सुझाव प्रस्तुत गर्दै होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले बागमती प्रदेश पर्यटनको केन्द्र भएको हुँदा विशेष पर्यटन नीति तथा योजना बनाई विशेषगरी पर्यटन पुनरुत्थान गर्ने सहयोगी कार्यक्रमहरु शीघ्र कार्यान्वयन गरिनुपर्ने र यसबाट अन्य प्रदेशहरुले पनि सोही बमोजिमको अनुसरण गर्ने बताइन् ।
गत २४ मंसिरदेखि जारि नेपाली कांग्रेसको १४औैँ महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण अहिले काठमाडौं उपत्यकाका होटल व्यवसायी मालामाल भएका छन । कांग्रेसको महाधिवेशनमा सहभागी हुन मुलुकभरबाट आएका नेता कार्यकर्ता लगायत विभिन्न अतिथी पाहुनाहरुको भीडले अहिले राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् ।
होटल संघ नेपाल (हान)ले पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीलाई भेटेरे सरकारसँग सात बुँदे मागपत्र पेश गरेको छ । संघले कोभिड–१९ बाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको पुनरुत्थानका लागि महत्वपूर्ण भूमिका खेल्न विभागलाई आग्रह गरेको छ । सो अवसरमा हानकी अध्यक्ष सृजना राणाले आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरु अझै कार्यान्वयनमा आउन नसकेको हुँदा विशेष अभिभावकीय भूमिका निर्वाह गर्दै अन्य निकायहरुसँग पहलकदमी गरिदिनका लागि महानिर्देशकसँग आग्रह गरेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १२ बजेपछि नियमित व्यावसायिक उडान भर्नका लागि दुईवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले चासो देखाउँदै सरकारसँग अनुमति मागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा कतार एयरवेज र जजिरा एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १२ बजेपछिको उडानका लागि आवश्यक स्लट उपलब्ध गराउन अनुमति मागेको हो ।
लामो समय देखिएको कोरोना भाइरस महामारीको अवस्थामा समेत अहिले धमाधम होटलमा लगानी बढिरहेको पाइएको छ । कोरोनाले मुलुकको आर्थिक गतिविधिमा गम्भीर असर पुगेपछि अहिले लगानीकर्ताहरूको आकर्षण मुलुकको होटल तथा रेस्टुरेन्टमा देखिएको उद्योग विभागले जानकारी गराएको हो । उद्योग विभागमा पछिल्लो समय दर्ता भएका नयाँ उद्योगहरूको तथ्यांक विवरणअनुसार अहिले सबैभन्दा धेरै लगानी मुलुकको होटल उद्योगमा नै देखिएको छ ।
सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम सञ्चालक समितिले सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै ग्राउन्डेड गरेको चिनियाँ विमान पुनः सञ्चालनको तयारी थालेको छ ।
चिसो बढेसँगै आन्तरिक हवाई उडान प्रभावित भएको छ । मंगरबार बिहानैदेखि काठमाडौ लगायत विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको हो ।
निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरलाईनले आप्नो रणनीतिक योजना सार्वजनिक गरेको छ । हालसम्म सुगम क्षेत्रलाई उच्च प्राथमिकता राख्दै उडान गर्दै आएको बुद्ध एयरले दुर्गम क्षेत्रमा नयाँ जहाज थप गरी उडान भर्ने तयारी थालेको हो ।
कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौं–बैंकक सीधा हवाई उडान पुनः सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच पर्यटन मन्त्रालयमा भएको शिष्टाचार भेटघाटको क्रममा राजदूत भोरासफले आगामी केही दिनभित्रमा काठमाडौं–बैंकक नियमित हवाई उडान गरिने जानकारी गराएकी हुन् ।
पछिल्लो पटक नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले पनि आन्तरिक हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् । जसका कारण यो कात्तिक महिनामै फेरि हवाई इन्धनको मुल्य बढेको हो ।
मुलुकको व्यवसायिक घराना गोल्यान समूहको मुख्य लगानी रहेको पाँचतारे स्तरको अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्यालेस काठमाडौ ’ भोली सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । अन्तर्राष्ट्रिय ब्राण्ड हायातको यो नेपालमा दोस्रो चेन होटल हो ।
काठमाडौंको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ ।
पछिल्लो समय आफ्नो अन्तर्राष्ट्रिय हवाई उडान सेवा विस्तारमा आक्रामक फड्को मार्दै अघि बढ्ने लक्ष्य लिएको मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले विभिन्न १० अन्तर्राष्ट्रिय गन्तब्यमा उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रि प्रेमबहादुर आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले अब छिटै संसारका विभिन्न १० वटा नयाँ गन्तब्यहरुमा उडान भर्ने निर्णय गरेको हो ।