logo

असार १५ मा गोरखाको गण्डकी गाउँपालिकामा भिटोफ रोपाईं महोत्सव हुने

    1043   पटक पढिएको

१४ असार / अर्थ र व्यापार- धान दिवसको अवसर पारेर असार १५ गते गाउँ पर्यटन प्रवद्र्धन मञ्च ((भिटोफ–नेपाल) ले गोरखाको गण्डकी गाउँपालिकास्थित ज्यामिरेघाटमा रोपाईं महोत्सव २०७९ आयोजना गर्ने भएको छ । कृषि र पर्यटन क्षेत्रलाई जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ रोपाईं महोत्सवको आयोजना गरिएको भिटोफ नेपालका महासचिव निशेष थापाले वताए ।

भिटोफले हरेक बर्ष हरेक १५ असारमा रोपाईं महोत्सव आयोजना गर्ने गरेको छ । यस वर्ष गोरखाका सांसद हरिराज अधिकारीको प्रमुख आतिथ्यतामा हुने रोपाईं महोत्सवमा गण्डकी गाउँपालिकाका जनप्रतिनिधिहरु, पर्यटन व्यवसायीहरु तथा पर्यटन क्षेत्रका संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने महासचिव थापाले वताए । भिटोफ नेपालले विशेष गरी ग्रामीण पर्यटनको विकासमा काम गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।