logo

निजगढ विमानस्थल निर्माण थाल्ने सरकारको योजनामा सर्वोच्चको ब्रेक ,२७ वर्षदेखिको तयारी र ३ अर्ब रुपैयाँ लगानी खेर

    1243   पटक पढिएको

१३ जेठ/अर्थ र व्यापार – बारास्थित निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले अहिलेसम्म गरेका सबै निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । सर्बोच्चको यस्तो निणर्यसगै अब बारास्थित निजगढमा निर्माणको तयारी थालिएको सो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना रोकिएको छ ।
जसका कारण विगत २७ वर्षदेखि गरिएको तयारी तथा सबै लगानी खेर जाने भएको छ । लगानी र निर्माणको ढाँचा टुंगो लगाएर आर्थिक वर्ष २०८०/८१ देखि आयोजना निर्माण थाल्ने सरकारको योजना थियो ।
सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले सरकारलाई वैकल्पिक विमानस्थल आवश्यक भए विकल्प खोज्न समेत आदेश दिएको छ । बरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मालगायतले दायर गरेको रिटमा सर्वोच्चले यो फैसला गरेको हो । विमानस्थल निर्माणबाट पशुपंक्षीको वासस्थान र प्राकृतिक वातावरणमा गम्भिर असर पर्नेलगायतका कारण देखाउँदै मुद्धा दर्ता भएको थियो । सो मुद्धा ७ फागुन २०७६ मा दर्ता भएको थियो ।
सो मुद्धामा न्यायधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्मा सहितको बृहत पूर्ण इजलासले फैसला सुनाएको हो ।
यस मुद्धामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयल, नागरिक उड्ययन तथा पर्यटन मन्त्रालयगायतलाई विपक्षी बनाइएको थियो । फैसलाको पूर्णपाठ भने आउन समय लाग्नेछ ।
सर्बोच्चको यस्तो फैसलाले विगत २७ वर्षदेखिको तयारी त्यसै खेर जाने अवस्था आइलागेको छ । यो विमानस्थल निर्माणको तयारी थालिएको २७ वर्ष पुगेको थियो । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको महसुस गरेरै सन् १९९५ देखि देशका विभिन्न ठाउँमा प्रि–फिजिबिलिटी अध्ययन भएको थियो । त्यतिबेला देशका १० स्थानमा सम्भाव्यता अध्ययन गर्दा निजगढ सबैभन्दा उपयुक्त ठहरियो ।
सन् १९९५ देखि २००५ सम्म विमानस्थल अध्ययनकै विषय रह्यो, काम अघि बढ्न सकेको थिएन् । त्यसपछि विभिन्न समयमा अध्ययनहरु भए ।
सरकारले पनि राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर प्राथमिकतामा राखेको थियो । तर, लगानी ढाँचा र निर्माण कसरी गर्ने भन्ने विषय टुंगिएको थिएन् । 

गत मंगलबार मात्र संसदमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा २०८१ भित्रै विमानस्थलको लगानी मोडालिटी तथा लागतको विषय टुंगो लगाएर विमानस्थल निर्माण सुरु गर्ने विषय समावेश गरिएको थियो। तर, नीति तथा कार्यक्रमबारे संसदमा छलफल चलिरहँदा सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको हो । 

योसँगै सरकारले विमानस्थल निर्माणमा अहिलेसम्म खर्च गरेको ३ अर्ब रुपैयाँसमेत खेर गएको छ। विमानस्थल निर्माणका लागि आर्थिक वर्ष २०७१/०७२ देखि सरकारले बजेटको व्यवस्था गरेको थियो। अहिले विमानस्थल निर्माणका लागि निजगढमा कार्यालय नै खुलेको छ।
विमानस्थल निर्माणका लागि आवश्यक जग्गा तारबार गर्ने कामसमेत भइसकेको छ। विमानस्थल निर्माण क्षेत्रमा पर्ने ७० बिघाभन्दा बढी जग्गाको मुआब्जा वितरण भइसकेको छ। मुआब्जामा मात्रै झन्डै ५० करोड खर्च भइसेको छ। यस्तो अवस्थामा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनको आधिकारिकता र सेनामार्फत रूख कटान गर्ने सरकारी योजनाविरुद्ध परेको रिटको फैसला गर्दै विमानस्थल निर्माण नगर्न सर्वोच्चले आदेश दिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।