logo

अझै भेटिएन पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको सम्पर्कविहिन विमान

    1153   पटक पढिएको

१५ जेठ /अर्थ र व्यापार – पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेर बेपत्ता भएको तारा एयरको विमान अझै फेला परेको छैन । बेपत्ता भएलगत्तै खोजी कार्य जारि राखिएपनि सो विमान अझै सम्पर्कविहीन छ । पोखराबाट चालक दलका सदस्य सहित २२ जना सवार सो विमान आइतबार विमान १० बजेर २० मिनेटमा मुस्ताङको जोमसोङ विमानस्थलमा अवतरण हुनुपर्ने थियो । तर, सो विमान मुस्ताङको लेते आसपास पुगेपछि विमानस्थलको टावरबाट संपर्कविहिन भएको थियो । अल्फा इको ट्यांगो कल साइन भएको सो विमान अहिलेसम्म पनि भेटिएको छैन ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार सो विमानमा चालक प्रभाकरप्रसाद घिमिरे, सह चालक उत्सव पोखरेल र विमान परिचारिका किस्मी थापा थिए । यसैगरि, सो विमानमा १३ नेपाली जना स्वदेशी, ४ जना भारतीय र २ जना अन्य देशका नागरिक सहित कुल १९ जना यात्रु थिए ।
पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले अहिलेसम्म बेपत्ता विमान टावरको सम्पर्क बाहिर भएको पुष्टि गरे ।
यसैगरि, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार एकपटक जोमसोम आकाशमा उडेको देखिएको विमान धौलागिरि हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्क बिहिन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।