logo

नेपालको हवाई इतिहासमै ७३ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

    1082   पटक पढिएको

३ जेठ/अर्थ र व्यापार – सोमबार बिहान कुवेतबाट आएको जजीरा एयरवेजको एयरबस ए–३२० विमानले आफ्नो पहिलो व्यवसायीक यात्रुबहाक जहाज अवतरण गराएसँगै नेपालको हवाई इतिहासमै ७३ वर्षपछि दोस्रो गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।
जजिरा एयरवेजको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन तथा यस विमानस्थलको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री देउवा लगायत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले सहितको समुह आइतबार नै भैरहवा पुगेका थिए ।
विमानस्थल उद्घाटनको अवसरमा जजिरा एयरवेजले कुवेतबाट पहिलो अन्तर्राष्ट्रिय व्यवसायीक उडानको एयरबस ३२० विमान सोमबार बिहान ७ बजेर ८ मिनेटको समयमा भैरहवामा अवतरण गराएको थियो । त्यसको केही समयपछि देसको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको विमान पनि सोमबार काठमाडौंबाट भैरहवामा अवतरण गराईएको थियो ।
नेपालको ७३ वर्षे हवाई इतिहासमै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने क्रममा जजीरा एयरलाइन्सको विमानबाट आएका सबै यात्रुलाई गौतमबुद्ध अन्तर्राष्ट्रय विमानस्थलमा भब्य स्वागत गरिएको थियो । कुवेतको जजीरा एयरवेजले साताको तीनवटा व्यवसायीक उडान सञ्चालन गर्ने अनुमति लिएर सोमबार देखि नै आफ्नो तालिका अनुसार व्यवसायीक उडान सञ्चालन गरेको हो ।
यसअघि मुलुकको हवाई इतिहासमा सर्वप्रथम २००६ सालमा तत्कालिन राजा महेन्द्र शाहले ७३ वर्षअघि पहिलोपटक डकोटा विमान (भिन्टेजबिच एयरक्राफ्ट नामक विमान) काठमाडौंको सिनामंगलस्थित सानोगौचरणमा अवतरण गराएका थिए । त्यसबेलाको सानो गौचरण हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार भएर विभिन्न देससँग नेपालको हवाई पहुँच विस्तार भएको हो ।
देसकै राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् १९५८ को ४ जुलाईमा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो।
प्रधानमन्त्री देउवाले औपचारिक उद्घाटन गरेसँगै अब मुलुकमा यो विमानस्थल दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा सञ्चालनमा आएको हो । अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि २४ सै घण्टा सञ्चालनमा आउने छ ।
हवाई उडाको सुरक्षाका लागि आवश्यकपर्ने अत्याधुनिक उड्ययन उपकरण आईएलएस सहितको यस विमानस्थलमा ३ हजार मिटर लामो धावनमार्ग छ । बोइङ ७७७, एयरबस ३३० र सोही क्षमताका बाइडबडी विमान अवतरण गर्न सक्ने क्षमता यो विमानस्थलमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन तथा प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्माण भएको यस विमानस्थललाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत २१ वैशाखमा प्रमाणीकरण गरिसकेको थियो ।
सोमबारको व्यवसायीक उडान उद्घाटन हुनुअघि यस विमानस्थलमा कुवेतबाट ल्याईएको जजीरा एयरवेजको विमानले परिक्षण उडान गरेको थियो । त्यसपछि सबै प्रक्रिया पुरा गरेर नेपाल आएको जजिरा एयरवेजको एयरबस ३२० विमान बिहान ७ बजेर ८ मिनेटको समयमा अवतरण गरेको थियो ।
यो विमानस्थल उद्घाटनको क्रममा प्रधानमनत्री देउवाले यस विमानस्थल सञ्चालनमा आएपछि मुलुकको बढ्दो हवाई चाप कम हुने र अन्तर्राष्ट्रिय हवाई यात्राका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको बताए । उनले यस विमानस्थल सञ्चालनमा आएपछि मुलुकको आर्थिक विकासमा समेत ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको बताए । यसैगरि, उनले नेपालको हवाई नीतिलाई उदार र खुल्ला प्रतिष्पर्धी बनाइने बताए ।
यसअघि २०७१ सालको १ माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यस विमानस्थल आयोजनाको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्ने यस विमानस्थल आयोजना मुख्य ठेकेदार कम्पनी र सहठेकेदार कम्पनीबीच विवाद, मधेस आन्दोलन, भारतको नाकाबन्दी, निर्माण सामग्रीको आपूर्तिमा असहजता र कोभिड १९ का कारण यो विमानस्थलको निर्माण अवधि लम्बिएको थियो ।
सबै ठेक्का कार्गो भवनसहित यस विमानस्थलका लागि १० अर्ब रुपैयाँ र जग्गा अधिग्रहणको मुआब्जाका लागि २२ अर्ब ४७ करोड रुपैयाँ खर्चेर गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याईएको आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारि दिए ।
उद्घाटनको क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले यस विमानस्थलमा विभिन्न अन्तर्राष्ट्रिय विमानलाई आकर्षित गर्न विमानस्थल सेवा शुल्कमा छुट दिईने बताए । उनले पोखारामा निर्माणाधीन अर्को अन्तर्राष्ट्रिय विमानस्थल पनि छिटै सञ्चालनमा ल्याइने बताए ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि मौसम वा अन्य कारणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न नसकेपछि अन्य देशको विमानस्थलमा जानुपर्ने बाध्यता हटेको बताए ।
प्राधिकरणका महानिर्देशक अधिकारिले ७३ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा सावित भएको बताए । प्राधिकरणका अनुसार विमानस्थलको पुरानो १ हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रिय तर्फको तीनहजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको छ ।
यस विमानस्थल सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूमा थालनी भएको काम बीचैमा ठेकेदार कम्पनीको लापरबाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहेपनि कोभिड–१९ महामारीका कारण लक्ष्य गरिएको भन्दा करिब पाँच वर्षपछि यो विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।
एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो विमानस्थल निर्माण आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको प्राधिकिरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।