logo

तारा एयरको विमान दुर्घटनाग्रस्त फेला, १६ जनाको शव भेटियो, बाँकीको संकलन हुँदै

संकलित शवलाई सिधैं काठमाडौं ल्याएर पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने

    905   पटक पढिएको

१६ जेठ/अर्थ र व्यापार – आइतबार पोखराबाट जोमसोङ जानेक्रममा बेपत्ता भएको तारा एयरको विमान सोमबार विहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । चालकदलका सदस्य सहित कुल २२ जना सवार सो विमान दुघटनाग्रस्थ क्षेत्रबाट १६ जनाको शव भेटिएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ। अन्यको खोजी कार्य जारि भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको विमान मुस्ताङ पुगेपछि विमानस्थलको टावरबाट सम्पर्कविहीन भएको थियो ।
तीन चालक दलका सदस्यसहित कुल २२ जना सवार तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको हो । सो विमान दुर्घटनाबाट मृत्युभएकाहरुको शब संकलनगरि पोष्टमार्टमकालागि काठमाडौं ल्याइने प्राधिकरणले जनाएको छ ।

विमान दुर्घटनामा परेकामध्ये अहिलेसम्म करिब १६ जनाको शव फेला परेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हालसम्म १६ वटा शव संकलन भइसकेको र अन्यको खोज्ने काम जारी रहेको बताए ।  संकलित शवलाई सिधैं काठमाडौं ल्याएर पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्राधिकरणले जनाएको छ । दुर्घटनामा परेको विमान नजलेका कारण मृतकको शव पहिचाहन गर्न सकिने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।