२३ असार /अर्थ र व्यापार – सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर विश्व रेकर्ड बनाएका शम्भु तामाङको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ६८ वर्षको उमेरमा ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा बिहीबार निधन भएको हो ।
उनले साढे १७ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राखेका थिए । तामाङको मूल घर सिन्धुपाल्चोकको रिस्यांखु हो । उनी परिवारसहित काठमाडौंको महाराजगञ्जमा बस्दै आएका थिए । उनले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका थिए । तामाङका श्रीमती, एक छोरा र एक छोरी छन् ।
तपाईको प्रतिक्रिया