logo

थाई स्माइलले शुक्रबारबाट काठमाडौं–बैंकक नियमित उडान भर्ने

    877   पटक पढिएको

१३ असार /अर्थ र व्यापार – थाइल्याण्डको थाई स्माइल एयरवेजले आगामी शुक्रबारदेखि काठमाडौं–बैंकक नियमित उडान सुरू गर्ने भएको छ । थाई स्माइलले नेपालमा पहिलो पटक आगामी शुक्रबारबाट नियमित उडान सुरू गर्न लागेको हो ।
यस वायुसेवा कम्पनीको उडानसँगै दुई वर्षपछि नेपाल–थाइल्याण्डमा सिधा हवाई सञ्जालमा जोडिँदै छ । सो समयअघि मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम र थाई एयरवेजले काठमाडौबाट बैंककलालागि सिधा उडान भर्दै आएको थियो । यस वायुसेवाको सेवा विस्तारले अब पुनः यस रुटमा रोकिएको उडान सुरु हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यस एयरवेजलाई साताको सातै दिन उडान अनुमति दिएको जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आफ्नो नेपाल उडान सेवा विस्तारको क्रममा सबै प्रक्रिया पूरा गरेको थाई स्माइलले आगामी शुक्रबारबाट साताको सबैदिन उडान भर्ने अनुमति पाएको बताए ।
नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभल हो। यो गन्तव्य उडानका लागि माग राम्रो रहेकाले आगामी शुक्रबारबाट काठमाडौं–बैंकक पहिलो व्यवसायीक उडान तयारीका साथ सेवा सुरू गर्न लागेको सो एयरलाइनसका नेपालस्थित आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभलले जनाएको छ ।

आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभलले जानकारि गराए अनुसार यो थाई स्माइल थाई एयरवेजकै भगिनी कम्पनी हो । थाई स्माइलले सन् २०१२ जुलाईबाट व्यावसायिक उडान सुरू गरेको थियो । थाई स्माइलले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा नियमित व्यवसायीक उडान भरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।