logo

तारा एयरको विमानमा ज्यान गुमाएका १० जनाको शव काठमाडौ ल्याईयो ,१२ जनाको ल्याइँदै

पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने, ब्ल्याक बक्स पनि भेटियो

    1402   पटक पढिएको

१७ जेठ /अर्थ र व्यापार – आइतबार पोखराबाट जोमसोङ जानेक्रममा बेपत्ता भएको तारा एयरको विमान सोमबार विहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोकिएर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । तीनजना चालकदलका सदस्य सहित कुल २२ जना सवार सो विमान दुघटनामा मृत्युभएका मध्ये २२ जनाको शव भेटिएको छ ।
अहिलेसम्म फेला परेका मध्ये १० जनाको शव काठमाडौं ल्याईएको छ भने १२ जनाको शब मंगलबार ( आज) काठमाडौं ल्याइँदै छ । तारा एयरले विज्ञप्ति प्रकाशित गरी हालसम्म २२ मध्ये सबैजना मृर्तकको शव फेला परेको र तीमध्ये १० जनाको शव सोमबार साँझ आधार शिविरबाट काठमाडौं ल्याइएको र बाँकी १२ जनाको शब आज ल्याइने जनाएको छ । ती शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको तारा एयरले जनाएको छ ।
दुर्घटनाग्रस्त क्षेत्रबाट संकलन गरिएका शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमकालागि लगिएको छ ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले यस्तो जानकारि गराएका हुन । तारा एयरका अनुसार संकलनभई आधार शिविर नआईपुगेका बाँकी १२ जनाको शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको छ । शब संकलनकालागि नेपाली सेना र स्थानीय सुरक्षाकर्मी तथा जनप्रतिनिधीहरुबाट एकदमै सहयोग भएको र उद्धार टोलीले शव खोजीमा निकै मेहेनत गरेको सो एयरले जनाएको छ ।
संकलित शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले सो विमानमा आगलागी नभएकाले मृर्तकको पहिचान हुन भने खासै कठिन नभएको जनाएको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको विमान मुस्ताङ पुगेपछि विमानस्थलको टावरबाट सम्पर्कविहीन भएको थियो ।
तीन चालक दलका सदस्यसहित कुल २२ जना सवार तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको हो । सो विमान दुर्घटनाबाट मृत्युभएकाहरुको शब संकलनगरि पोष्टमार्टमकालागि काठमाडौं ल्याइने प्राधिकरणले जनाएको छ ।
दुर्घटनास्थलबाट संकलित मृतकका शवलाई सिधैं काठमाडौं ल्याएर पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्राधिकरणले जनाएको छ । दुर्घटनामा परेको विमान नजलेका कारण मृतकको शव पहिचाहन गर्न सकिने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।
मंगलबार बिहान सो विमानको ब्ल्याक बक्स पनि भेटिएको छ ।दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले मंगलबार बिहान सो विमानको ब्ल्याक बक्स भेटाएको हो । टोलीका ७ सदस्यमध्येका एक विनायकजय मल्लले हवाईजहाजको ब्ल्याक बक्स भेटाएको जानकारी दिए ।
ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको सबै रेकर्ड रहने भएकाले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।
सोमबारसम्म भिरमा अड्किएको शव निकाल्न बाँकी थियो भने हराइरहेको अर्को एउटा शवको खोजी पनि जारी थियो । आज मंगलबार बिहान भने सबै शव संकलनको काम सकिएको हो ।

दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीका सदस्यहरू
घटनास्थलबाट संकलन गरिएका शव आज बिहान कोवाङ ल्याइएको र ती शवलाई काठमाडौं पठाउने तयारी भइरहेको मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए । मानापाथी हिमालको फेदीमा संकलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टर मार्फत कोवाङमा ल्याइएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।