logo

सगरमाथा लगायत विभिन्न हिमाल आरोहणकालागि ८३३ जनाले लिए अनुमति

४३ करोड २८ लाख रुपैयाँ राजश्व संकलन

    1485   पटक पढिएको

११ बैशाख/अर्थ र व्यापार –  कोरोना विश्व महामारिले झन्डै तीन वर्ष थलिएको मुलुकको पर्यटन क्षेत्रमा हाल विस्तारै चहलपहल बढ्न थालेसँगै यसवर्षको बसन्त ऋतुमा सगरमाथा सहित विभिन्न हिमाल आरोहणकालागि ८३३ जनाले अनुमति लिएका छन ।
यस वर्ष विभिन्न ७३ वटा मुलुकका कुल ८३३ जना आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार उनीहरुले सगरमाथा लगायत विभिन्न २३ वटा हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । अझै हिमाल आरोहणकालागि अनुमति लिनेहरुको संख्या बढ्दै गइरहेको विभागले जनाएको छ ।
यस वर्षकालागि हिमाल आरोहणको अनुमति लिने आरोहीहरुमा युद्धरत रुसका २७ र युक्रेनका १ जना आरोही पनि रहेका छन् । पर्यटन विभागको तथ्यांक अनुसार रुसबाट २७ जना र युक्रेनबाट १ जना आरोहीले हिमाल आरोहणकालागि अनुमति लिएका छन् । हालसम्म अनुमति लिने मध्ये १८१ जना महिला र ६५२ जना पुरुष आरोही रहेका छन् ।
यस वर्षको बसन्त ऋतुकालागि सगरमाथा लगायत विभिन्न हिमाल अनुमति लिएका आरोहीहरुबाट सरकारले झन्डै ४३ करोड २८ लाख ३९ हजार ३२६ रुपैयाँ भन्दाबढी रोयल्टी रकम संकलन गरेको विभागले जनाएको छ ।
अहिलेसम्मको विवरण अनुसार यस वर्ष सबैभन्दा बढी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीहरु रहेका छन् । सगरमाथा आरोहणकालागि हालसम्म ५५ देशका २९२ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ । यसैगरि, सगरमाथा आरोहणको लागि हालसम्म सबै भन्दा धेरै अमेरिकी आरोहीले अनुमति लिएका छुन् ।
यो मौसमकालागि अमेरिकाबाट ६३, बेलायतबाट ३३, भारतबाट २२, क्यानडाबाट १७, नेपालबाट २०, फ्रान्सबाट १२, अष्ट्रेलियाबाट १०, इराकबाट १, जापानबाट ७, आयरल्याण्डबाट ६, नेदरल्याण्ड्सबाट २, नर्वेबाट २, दक्षिण कोरियाबाट १, रोमानियाबाट १ जनाले आरोहणकालागि विभागबाट अनुमति लिएका छन् ।
यसैगरि, अर्जेन्टिना २, अष्ट्रिया ६, बेल्जियम १, ब्राजिल ४, बुल्गेरिया १, चीन १०, क्रोएसिया १, चेक रिपब्लिक १, डेनमार्क १, इक्वेडर २, इजिप्ट १, एल साल्भाडोर १, फिनल्याण्ड ३, जर्मनी ४, होण्डुरस १, इजरायल २, इटाली २, केन्या १, लिथुवानिया १, मलेसिया ३, मेक्सिको ४, मंगोलिया २, न्युजल्याण्ड २, न्युजल्याण्ड १, ओमान १, पोल्याण्ड १, पोर्चुगल १, कतार १, साउदी अरब १, सिंगापुर १, दक्षिण अफ्रिका २, स्वाजील्याण्ड २, स्वीडेन २, उरुग्वे १ र भियतनाम २ जनाले सगरमाथा हिमाल आरोहणकालागि अनुमति लिएको विभागले जनाएको छ ।
विश्वको सर्बोच्च शिखर सगरमाथापछि यस वर्षको बसन्त ऋतुमा ल्होत्से (८,५१६मि) हिमाल आरोहणका लागि धेरैले आरोहीले आरोहण अनुमति लिएका छन् । ल्होत्से हिमाल आरोहणका लागि एकसय ३ जना आरोहीले अनुमति लिएका छन् ।
यसैगरि, अमादब्लम हिमाल आरोहणका लागि ९७ जना , अन्नपूर्ण–१ हिमाल आरोहणकालागि २६ जना , अन्नपूर्ण–४ का लागि ९ जना , बरुन्त्से हिमालका लागि २०जना , भेम्डिङ–रि हिमालका लागि ८ जनाले आरोहण अनुमति लिएका छ ।
त्यसैगरि, धौलागिरि हिमाल आरोहणका लागि २७ जना, गंगापूर्ण हिमालका लागि २ जना , हिमलुङ हिमाल आरोहणका लागि ३५ जना, कञ्चनजंगा हिमाल आरोहणका लागि ६७ जना , खाङचुङ पिकका लागि २जना , ल्होत्सेका लागि १०३ जना , मकालुका लागि ३९ जना , मनास्लुका लागि ९ जना , मुकोट हिमालका लागि ४ जना , र्नोबुखाङ हिमालका लागि ५ जना , नुप्च्से हिमालका लागि ५७ जना , पु–खाङ हिमालका लागि ५ जना , पोखार–खाङ हिमालका लागि ९ जना , थापा पिकका लागि १० जना र उर्खमान हिमालका लागि २ जनाले अनुमति लिएको विभागले जनाएको छ । यो संख्या अझै बढ्ने अनुमान गरिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।