logo

निर्वाचनको दिन उद्धार र सरकारको निर्देशनमा हुने उडान बाहेक सबै आन्तरिक उडान बन्द

    846   पटक पढिएको

२६ बैशाख /अर्थ र व्यापार – आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको दिन उद्धार उडान, मानविय सहायता एवं सरकारको निर्देशनमा हुने उडान बाहेक सबै आन्तरिक हवाई उडान बन्द हुने भएको छ।
निर्वाचन आयोगले जारि गरेको सवारी आवगन तथा व्यवस्थापन सम्बन्धी मापदन्ड–२०७९ जारि गरेसंघै आइतबार विज्ञप्ति मार्फत आन्तरिक वायुसेवा प्रदायक कम्पनीहरुको छाता संस्था वायुसेवा सञ्चालक संघ–नेपालले आफ्ना यात्रुलाई निर्वाचनको दिन हवाई उडान नहुने जानकारि गराएको छ । वायुसेवा संचालक संघका प्रवक्ता योगराज कंडेल शर्माले यस संघमा आवद्ध सबै सदस्य वायुसेवा कम्पनीहरुको नियमित व्यवसायीक उडान बन्द हुने जानकारि गराएका हुन ।

यसैगरि, निर्वाचनको दिन पास लिएका सवारी साधनले मात्र नेपाल भ्रमणमा आएका पर्यटक ओसार्न पाउने भएका छन । सरकारले गरेको यस्तो व्यवस्थाले निर्वाचनको दिन विभिन्न देसबाट नेपाल आएका पर्यटकले सहज रुपमा यातायात सेवा पाउने भएका हुन् ।
जसका लागि आगामी ३० बैशाखको निर्वाचनका दिन पर्यटक ओसार्न नेपाल पर्यटन बोर्डको सिफारिसमा सम्बन्धीत प्रमुख जिल्ला अधिकारीले पास वितरण गर्ने छन् ।
आन्तरिक हवाई उडान समेत बन्द हुने निर्वाचनको दिन नेपाल पर्यटक आउने जानकारि पाएका पर्यटक सेवाका पर्यटन व्यवसायीले आफ्नो कम्पनी मार्फत आफ्ना पाहुनाको सेवाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलसम्म र नेपालबाट विदेश र्फकन लागेका पाहुनालाई होटलबाट विमानस्थलसम्म लैजान यातायात सेवा लिन पाइने गरि पासको व्यवस्था गरिएको छ ।
सोही व्यवस्था अनुसार सवारी साधन सञ्चालन पास वितरण हुने भएको हो । यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रयोजनमा भन्सार विभागको सिफारिसमा प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट पनि सवारी पास जारी हुने छ ।
विमानस्थल अध्यागमन कार्यालयको प्रयोजनका लागि अध्यागमन विभागको सिफारिसमा अत्यावस्यक सवारी पास लिन सकिने भएको छ । यसैगरि, नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा हवाई उडानसँग सम्बन्धित कार्यालयहरुले पास लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
सो दिन अन्तर्राष्ट्रिय उडानका माध्यमबाट यात्रा गर्ने यात्रुको हकमा सम्बन्धीत व्यक्तिको राहदानी, भिसा र हवाई टिकटका आधारमा त्रिभुवन विमानस्थलसम्म र त्रिभुवन विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमन सहजिकरणको व्यवस्था काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मिलाउने छन् । सो दिन आन्तरिक उडानका विमान उडानका विमान सेवा भने बन्द हुने विमानस्थल कार्यालयले जानकारि गराएको छ ।
सो दिन हेलिकोप्टरबाट गर्नुपर्ने गम्भिर बिरामीको उपचारार्थ र अन्य आपतकालिन तथा उद्धार उडान मात्र सञ्चालन हुने छ ।
निर्वाचनको दिन आन्तरिक उडान नहुने आयोगको निणर्यसँगै अहिलेदेखि नै आन्तरिक वायुसेवा कम्पनीका सञ्चालकहरु तथा सम्बन्धीत ट्राभल व्यवसायीले आगामी ३० बैशाखको हवाई टिकट विक्री नै नहुने जानकारि गराईरहेका छन । निजी वायुसेवा कम्पनी बुद्ध, यति, श्रीएयरलाइनस, गुण एयर लगायतले अहिलेदेखि नै सम्बन्धीत यात्रुहरुलाई यस्तो जानकारि गराउन थालेका हुन ।
स्थानिय तहको निर्वाचनको दिन आउन अब जम्मा ४ दिन मात्र बाँकी छ । सोे निर्वाचनको दिन सार्वजनिक सवारी साधन चल्न पाउने छैनन । निर्वाचन सूरक्षालाई ध्यान दिएर सो दिन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नपाईने नियम निर्वाचन आगोगले बनाएको हो । आयोगका अनुसार ३० बैशाखमा आन्तरिक हवाई उडान समेत बन्द हुने छ । यस दिन अन्तर्राष्ट्रिय उडान भने सञ्चालन हुनेछन् । जसको सहजीकरण काठमाडौंका प्रमुख जिल्ला अधिकारीले गर्नेछन् ।
निर्वाचनको दिन यात्रा गर्ने हवाई यात्रुले हकमा राहदानी, भिसा र हवाई टिकट साथमा हुने हरुलाई मात्र यात्रा गर्न दिईनेछ । निर्वाचन आयोगले जानकारि गराए अनुसार अत्यावस्यक सेवाका एम्बुलेन्स, पानीको ट्याङकर, दमकल, दुरसञ्चार सेवा, शवबहान, अस्पताल सेवा, विजुली सेवाका लागि अनुमति लिनुपर्ने छैन । यसैगरि, विदेशी पर्यटकले नेपाल पर्यटन बोर्डको सिफारिसमा प्रमुख जिल्ला अधिकारीसँग पास लिएर मात्र यात्रा गर्न पाउने छन् । सञ्चारकर्मीले पनि सम्बन्धीत मिडिया हाउसको सिफारिसमा निर्वाचन आयोगबाट आफुले चलाउने सवारी साधन सञ्चालनकालागि अनुमति लिनुपर्ने छ ।
त्यसैगरि, निर्वाचनको दिन मतदान गर्नकालागि आफै हिँडडुल गर्न नसक्ने अशक्त व्यक्तिको हकमा भने बासस्थानदेखि मतदान केन्द्रसम्म आवतजावत गर्न मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन प्रयोग गर्न सकिने छ ।
त्यस्ता सवारी साधनमा अशक्त व्यक्ति र सहयोगका लागि उनको साथमा एकाघरको एकजना व्यक्ति मात्र रहन सक्ने व्यवस्था मिलाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।