logo

कीर्तिमानी आरोही कामीरिता २६ औं पटक सगरमाथा शिखरमा

    1174   पटक पढिएको

२५ बैशाख/अर्थ र व्यापार – कीर्तिमानी आरोही कामी रिता शेर्पा पुनः २६ औं पटक सगरमाथा शिखरमा पुगेका छन । उनले यसअघि २५ औं पटक गरेको आफ्नै कीर्तिमान तोड्दै शनिबार साँझ ६ः५५ बजे विश्वको सर्बोच्च शिखर सगरमाथाको शिखरमा पुग्न सफल भएका हुन । २६ औं पटक सगरमाथाको आरोहण गरेर उनले अर्को कीर्तिमान कायम गरेका हुन् ।
शेर्पा आइसफल डाक्टरको ११ सदस्यीय बाटो सफा बनाउने टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेको उनको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्स एण्ड एक्सीपिडिसन प्रालिले जानकारी दिएको हो ।
काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कामीरिता सहित ११ जना नेपाली शेर्पाहरुको समुहले शनिबार बेलुकी ६ः५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेको बताए । मिङमा शेर्पाले जानकारि गराए अनुसार विश्व कीर्तिमानी आरोही कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए । कीर्तिमानी आरोही कामीरिता सहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शनिबार साँझ शिखरमा पुगेको हो ।
सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामी रिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गरि कीर्तिमान राख्न सफल अर्का आरोही आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।
अर्का आरोही आप्पा शेर्पाको कीर्तिमान तोडेका कामीरिताले त्यतिबेला पनि आफ्नो काम नै सगरमाथा चढ्ने भएकाले स्वास्थ्यले साथ दिएमा अर्को कीर्तिमान बनाउने बताएका थिए । त्यसपछि उनले २३ औं, २४ औं र २५ औं पटक सगरमाथाको शिखर चुमेर आफ्नै कीर्तिमान तोड्दै अघि बढिरहेका थिए । अहिले पुनः उनी २६ औं पटक सगरमाथाको शिखरमा पुगेर नयाँ कीर्तिमान कामय गराएका हुन ।
यो नयाँ रेकर्डसँगै १३ मे १९९४ मा पहिलो पटक सगरमाथाको शिखर चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।
शनिबार आरोही कामीरितासँगै सगरमाथा शिखरमा पुगेका अन्य आरोहीहरुमा सोना शेर्पा, निग्मातासी शेर्पा । फुर्वाछिरिङ शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, लाक्पातेन्जी शेर्पा रहेका छन् ।
सोही आरोहण दलका फुर्वा कुसाङ शेर्पा, मिग्मा दाण्डु शेर्पा, पासतेञ्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतार शेर्पाले पनि कामी रितासँगै सगरमाथा चुचुरोमा पुगेको सेभेन समिटले जनाएको छ ।
सगरमाथा आरोहणको उत्कृष्ट मौसम तथा अनुकुल समय यस पटकको बसन्त ऋतुको हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार साँझ कामीरिता सहित ११ जना शेर्पाको समुह सगरमाथा चुचुरोमा पुगेको हुन । यो सफलता सँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय आरोही कामीरिताले २६ औं पटक सगरमाथा चुमेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान तोडेका हुन ।
अब कामीरिता सहित यी सबै शेर्पाको समुह आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने सेभेन समिट ट्रेक्स एण्ड एक्सीपिडिसनले जनाएको छ । कामीरिताको यो नयाँ कीर्तिमानको बारेमा पर्यटन विभागले अहिलेसम्म आधिकारिक जानकारी गराएको छैन । विभागले अब यही सेभेन समिट ट्रेक्स एण्ड एक्सीपिडिसनको प्रमाण र लाई आधार बनाएर नयाँ रेकर्ड कायम भएको मान्यता दिएर डिनिजबुकमा पठाउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।