logo

युनिट्राभको अध्यक्षमा पराजुली

    881   पटक पढिएको

१६ फागुन/अर्थ र व्यापार –पर्यटन क्षेत्रका श्रमिकहरुको संस्था नेपाल ट्रेकिङ ट्राभल्स ¥याफ्टिङ, एयरलाइन्स, साँस्कृतिक, पुरातात्विक कार्गाे, कुरियर श्रमिक युनियन (युनिट्राभ) को अध्यक्षमा सुमनप्रसाद पराजुली निर्वाचित भएका छन ।
‘दिगो पर्यटन रोजगारी र समृद्धिको आधार, सामाजिक सुरक्षा श्रमिकको मौलिक अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा सम्पन्न युनिट्राभको १३ औं राष्ट्रिय अधिवेशनले अध्यक्षमा निर्वाचित पराजुलीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

पराजुलीको संयोजकत्वमा निर्वाचित युनिट्राभको नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा हिमालकुमार उप्रेती, तुलसीप्रसाद सुवेदी र फुडोमा शेर्पा, महासचिवमा रामबहादुर श्रेष्ठ, उपमहासचिवमा खिलानाथ दाहाल, सचिवहरुमा मदन सापकोटा, भीमबहादुर तामाङ, दिनेश कार्की र निरमा राई रहेका छन् । यसैगरि, सदस्यहरुमा ललिता अधिकारी, रामचन्द्र अधिकारी, दावा तामाङ, उमा भट्टराई, ब्रम्हदेव गिरी, पेम्बाधार्के शेर्पा, मिलनकुमार तामाङ, फूर्वाकी शेर्पा, मिग्मा ग्लावा शेर्पा, रामकृष्ण अर्याल, गणेशबहादुर साउद, मानबहादुर तामांङ, हितमान भुजेल निर्वाचित भएका छन् ।
यसैगरि युनिट्राभको सो अधिवेशनले अमर तामाङलाई प्रतिनिधिपरिषद् प्रमुख र छिरिङ शेर्पालाई प्रतिनिधिपरिषद् उपप्रमुख चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई नेपाल ट्रेड युनियन महासंघ जिफन्टका महासचिव जनक चौधरीले पद तथा गोपनियताको शपथ गराएका थिए ।
सोही अधिवेशनले कोरोना महामारिका कारण पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको रोजगारीको प्रत्याभूति सहित श्रमिक निष्कासन कार्य बन्द गर्न, सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र नियमावलीमा उल्लेखित व्यवस्था बमोजिम सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षामा सूचीकृत गर्ने छ । सम्पूर्ण श्रमिकको स्थानीय निकायबाट पंजीकरण गर्न, पदयात्रामा कार्यरत श्रमिकलाई भैपरी आउने विभेद, कठिनाइ, समस्या, सिन्डिकेट, हटाउन तथा इजाजतपत्र नवीकरणमा सहजीकरणका साथै लाइसेन्स नवीकरण शुल्क मिनाहा गर्न र ट्रेकिङ, ट्राभल्स, एयरलाइन्समा कार्यरत महिला श्रमिकलाई श्रम ऐन नियमावलीमा रात्रिकालीन सुरक्षा यातायातको व्यवस्था गर्न र बिदा लागू गर्न सरोकार पक्षसँग माग गर्दै पाँच सूत्रीय समसामयिक प्रस्ताव पारित गरेको छ ।
युनिट्राभको नवनिर्वाचित अध्यक्ष पराजुलीले कानुनसम्मत ढंगले पर्यटन क्षेत्रका सम्पूर्ण श्रमिकबीच भएको विभेद अन्त्य गराउन र नेपालको समृद्धिका लागि पर्यटन क्षेत्रलाई माथि उठाउन यस नयाँ कार्यसमिति लागिपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।