logo

युनिट्राभको अध्यक्षमा पराजुली

    1339   पटक पढिएको

१६ फागुन/अर्थ र व्यापार –पर्यटन क्षेत्रका श्रमिकहरुको संस्था नेपाल ट्रेकिङ ट्राभल्स ¥याफ्टिङ, एयरलाइन्स, साँस्कृतिक, पुरातात्विक कार्गाे, कुरियर श्रमिक युनियन (युनिट्राभ) को अध्यक्षमा सुमनप्रसाद पराजुली निर्वाचित भएका छन ।
‘दिगो पर्यटन रोजगारी र समृद्धिको आधार, सामाजिक सुरक्षा श्रमिकको मौलिक अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा सम्पन्न युनिट्राभको १३ औं राष्ट्रिय अधिवेशनले अध्यक्षमा निर्वाचित पराजुलीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

पराजुलीको संयोजकत्वमा निर्वाचित युनिट्राभको नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा हिमालकुमार उप्रेती, तुलसीप्रसाद सुवेदी र फुडोमा शेर्पा, महासचिवमा रामबहादुर श्रेष्ठ, उपमहासचिवमा खिलानाथ दाहाल, सचिवहरुमा मदन सापकोटा, भीमबहादुर तामाङ, दिनेश कार्की र निरमा राई रहेका छन् । यसैगरि, सदस्यहरुमा ललिता अधिकारी, रामचन्द्र अधिकारी, दावा तामाङ, उमा भट्टराई, ब्रम्हदेव गिरी, पेम्बाधार्के शेर्पा, मिलनकुमार तामाङ, फूर्वाकी शेर्पा, मिग्मा ग्लावा शेर्पा, रामकृष्ण अर्याल, गणेशबहादुर साउद, मानबहादुर तामांङ, हितमान भुजेल निर्वाचित भएका छन् ।
यसैगरि युनिट्राभको सो अधिवेशनले अमर तामाङलाई प्रतिनिधिपरिषद् प्रमुख र छिरिङ शेर्पालाई प्रतिनिधिपरिषद् उपप्रमुख चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई नेपाल ट्रेड युनियन महासंघ जिफन्टका महासचिव जनक चौधरीले पद तथा गोपनियताको शपथ गराएका थिए ।
सोही अधिवेशनले कोरोना महामारिका कारण पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको रोजगारीको प्रत्याभूति सहित श्रमिक निष्कासन कार्य बन्द गर्न, सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र नियमावलीमा उल्लेखित व्यवस्था बमोजिम सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षामा सूचीकृत गर्ने छ । सम्पूर्ण श्रमिकको स्थानीय निकायबाट पंजीकरण गर्न, पदयात्रामा कार्यरत श्रमिकलाई भैपरी आउने विभेद, कठिनाइ, समस्या, सिन्डिकेट, हटाउन तथा इजाजतपत्र नवीकरणमा सहजीकरणका साथै लाइसेन्स नवीकरण शुल्क मिनाहा गर्न र ट्रेकिङ, ट्राभल्स, एयरलाइन्समा कार्यरत महिला श्रमिकलाई श्रम ऐन नियमावलीमा रात्रिकालीन सुरक्षा यातायातको व्यवस्था गर्न र बिदा लागू गर्न सरोकार पक्षसँग माग गर्दै पाँच सूत्रीय समसामयिक प्रस्ताव पारित गरेको छ ।
युनिट्राभको नवनिर्वाचित अध्यक्ष पराजुलीले कानुनसम्मत ढंगले पर्यटन क्षेत्रका सम्पूर्ण श्रमिकबीच भएको विभेद अन्त्य गराउन र नेपालको समृद्धिका लागि पर्यटन क्षेत्रलाई माथि उठाउन यस नयाँ कार्यसमिति लागिपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।