logo

बागमती प्रदेश सरकारले दियो पर्यटन व्यवसाय नवीकरण गर्न ३० फागुनसम्मको मौका

    1853   पटक पढिएको

२० फागुन/अर्थ र व्यापार– बागमती प्रदेश सरकारले कोरोना महामारिका कारण आफ्नो व्यवसाय नवीकरण गर्न नपाएका पर्यटन व्यवसायीलाई आगामी ३० फागुनसम्मको समय सीमा सहितको मौका दिएको छ ।
बागमती प्रदेशभित्रका हाल कायम रहेका तथा साविकमा पर्यटन विभागमा दर्ता भई अहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उपत्यका पर्यटन कार्यालयमा दर्ता हुनुपर्ने सबै व्यवसायलाई यस्तो मौकाको सुविधा दिईएको हो ।
पर्यटन क्षेत्रसँग सम्बन्धीत ट्राभल तथा ट्रेकिङ एजेन्सी, होस्मटे, पर्यटक यातायात सेवा, जलयात्रा व्यवसाय, पर्यटकस्तरीय होटल व्यवसाय यस कार्यालयमा दर्ता हुन्छन् । यसबाहेक ट्रेकिङ गाइड, ट्राभल, रिभर गाइड र पोटरको लाइसेन्सको नविकरण छुटेको भए पनि आगामी ३० फागुनसम्म नै नविकरण गर्न सकिने भएको प्रदेश सरकारले जनाएको छ ।
बागमती प्रदेश सरकारले गरिदिएको यस्तो मौका सुविधाले कोरोनाका कारण नवीकरण नभएर व्यवसाय नै रद्द हुने अवस्थामा पुगेका सबै व्यवसायीले यसबाट निकै फाईदा लिन सक्ने भएका छन् ।
यसअघि आफ्ना उद्योग कम्पनी तथा फर्म नवीकरण नगर्दा स्वतः खारेजीमा परेका सबै व्यवसायीले अब नवीकरण गरि पुनः आफ्नो लाइसेन्स निरन्तर राख्न सक्ने बागमती प्रदेश सरकारको कार्यालयले जनाएको छ । सो कार्यालयका कार्यालय प्रमुख टंकप्रसाद भट्टराइले यस्तो जानकारी गराएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।