logo

आन्तरिक र सीमा पर्यटन प्रर्वद्धनकालागि इस्ट टुरिजम मार्ट 

    904   पटक पढिएको

१३ चैत/अर्थ र व्यापार – आन्तरिक तथा सीमा/क्रसबोर्डर क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रवारदेखि धरानमा तीन दिने इस्ट टुरिजम मार्ट शुरु भएको छ ।
मार्टको उद्घाटन प्रदेश–१ का मुख्यमन्त्रि राजेन्द कुमार राईले गरेका हुन । उनले पर्यटन आर्थिक विकासको आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताए । उनले प्रदेश १ मा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेखगर्दै यस्ता मार्टले आन्तरिक तथा सीमा (क्रसबोर्डर)पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
मुख्यमन्त्री राइले प्रदेशसरकारले पर्यटन पूर्वाधार विकासका विभिन्न दातृसंस्थाहरुसँगको सहकार्यमा काम गरिरहेको जानकारी दिए । यसैगरि, प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश १ मा पर्यटनको अथाह सम्भावना रहेकाले यसको माध्यमबाट आर्थिक विकास र रोजगारी सिर्जना गर्न सकिने बताए ।
प्रदेश १ का पर्यटन तथा संस्कृती मन्त्री खिनु लङङ्गवा लिम्बुले पूर्वको पर्यटनलाई सरकार निजी क्षेत्र तथा अन्य सरोकारवाला मिलेर प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।
धराननगरपालिकाका प्रमुख तिलक राईले धरानलाई पूर्वको पर्यटनको गेटवेका रुपमाविकास गर्न सकिने बताए । धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारीले धरान उपमहानगरको सहयोगमा सन् २०१८ देखि नै मार्ट आयोजना हुदैँ आइरहेको उल्लेख गर्दै ईष्ट टुरिजम मार्ट २०२२ यसको तेस्रो संस्करण भएको जानकारी दिए ।
नेपालपर्यटन बोर्डका सदस्य कृष्ण शाहले सिमित स्रोत र साधनकाबीच पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम आयोजना गरेको बताउँदै बोर्डले सातै प्रदेशमा यस्ता मार्टहरु आयोजना गर्न गईरहेको जानकारी दिए । नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमा गत २६, २७ र २८ फागुनमा वेस्टर्न टुरिजम मार्ट सम्पन्न भएको र धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा आगामी २५, २६ र २७ चैतमा फारवेष्ट ट्राभल मार्ट २०२२ आयोजना गर्न लागिएको समेत उनले जानकारि दिए ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडले थलिएको पर्यटनलाई विस्तारै लयमा फर्काउन आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए ।
प्रदेश १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रचार गर्ने उदेश्यकासाथ धरानमा यो मार्ट आयोजना भएकाले समग्र पर्यटनलाई चलायमान बनाउन सहयोग पुग्ने इष्ट टुरिजम मार्टका संयोजक भवेषकुमार श्रेष्ठले जानकारी दिए । धरानमा आयोजित मार्टमा भातरको सिलगुडि तथा विहार लगायतका सीमा क्षेत्रबाट भारतीय पर्यटन व्यवसायीहरुको सहभागिता रहको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।