logo

आन्तरिक र सीमा पर्यटन प्रर्वद्धनकालागि इस्ट टुरिजम मार्ट 

    1214   पटक पढिएको

१३ चैत/अर्थ र व्यापार – आन्तरिक तथा सीमा/क्रसबोर्डर क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रवारदेखि धरानमा तीन दिने इस्ट टुरिजम मार्ट शुरु भएको छ ।
मार्टको उद्घाटन प्रदेश–१ का मुख्यमन्त्रि राजेन्द कुमार राईले गरेका हुन । उनले पर्यटन आर्थिक विकासको आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताए । उनले प्रदेश १ मा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेखगर्दै यस्ता मार्टले आन्तरिक तथा सीमा (क्रसबोर्डर)पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
मुख्यमन्त्री राइले प्रदेशसरकारले पर्यटन पूर्वाधार विकासका विभिन्न दातृसंस्थाहरुसँगको सहकार्यमा काम गरिरहेको जानकारी दिए । यसैगरि, प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश १ मा पर्यटनको अथाह सम्भावना रहेकाले यसको माध्यमबाट आर्थिक विकास र रोजगारी सिर्जना गर्न सकिने बताए ।
प्रदेश १ का पर्यटन तथा संस्कृती मन्त्री खिनु लङङ्गवा लिम्बुले पूर्वको पर्यटनलाई सरकार निजी क्षेत्र तथा अन्य सरोकारवाला मिलेर प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।
धराननगरपालिकाका प्रमुख तिलक राईले धरानलाई पूर्वको पर्यटनको गेटवेका रुपमाविकास गर्न सकिने बताए । धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारीले धरान उपमहानगरको सहयोगमा सन् २०१८ देखि नै मार्ट आयोजना हुदैँ आइरहेको उल्लेख गर्दै ईष्ट टुरिजम मार्ट २०२२ यसको तेस्रो संस्करण भएको जानकारी दिए ।
नेपालपर्यटन बोर्डका सदस्य कृष्ण शाहले सिमित स्रोत र साधनकाबीच पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम आयोजना गरेको बताउँदै बोर्डले सातै प्रदेशमा यस्ता मार्टहरु आयोजना गर्न गईरहेको जानकारी दिए । नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमा गत २६, २७ र २८ फागुनमा वेस्टर्न टुरिजम मार्ट सम्पन्न भएको र धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा आगामी २५, २६ र २७ चैतमा फारवेष्ट ट्राभल मार्ट २०२२ आयोजना गर्न लागिएको समेत उनले जानकारि दिए ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडले थलिएको पर्यटनलाई विस्तारै लयमा फर्काउन आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए ।
प्रदेश १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रचार गर्ने उदेश्यकासाथ धरानमा यो मार्ट आयोजना भएकाले समग्र पर्यटनलाई चलायमान बनाउन सहयोग पुग्ने इष्ट टुरिजम मार्टका संयोजक भवेषकुमार श्रेष्ठले जानकारी दिए । धरानमा आयोजित मार्टमा भातरको सिलगुडि तथा विहार लगायतका सीमा क्षेत्रबाट भारतीय पर्यटन व्यवसायीहरुको सहभागिता रहको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।