logo

नाट्टाको उपाध्यक्ष पदमा मेहताको उम्मेदवारी, संस्थाका लागी दीर्घकालिन स्रोतको खोजी गर्ने एजेण्डा

    1382   पटक पढिएको

१३ चैत्र / अर्थ र व्यापार- कोरोना भाईरसको संक्रमण पश्चात नेपालको पर्यटन क्षेत्र सुस्ताएको छ । यस्तो अवस्थामा पर्यटन क्षेत्रकै पुरानो संस्था नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्व चयनका लागी आगामी १७ चैत्रमा निर्वाचन हुँदैछ । नाट्टा निर्वाचनमा उपाध्यक्ष पदका एक उम्मेदवार हुन–बरुण मेहता ।

ट्राभल एण्ड टुर्स व्यवसायीहरुको संस्था नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी १७ चैत्रमा हुने निर्वाचनका लागी मेहताले अध्यक्षका उम्मेद्वार रमेश थापाको प्यानलवाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

वल्र्डवेज ट्राभल एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक बरुण मेहता पर्यटन व्यवसायमा चर्चित नाम हो । विशेष गरी चिनियाँ पर्यटकहरुलाई नेपाल भित्र्याउने कम्पनीहरुमा उनको ट्राभल कम्पनी अग्रपंक्तिमा आउँछ ।“ हाल समस्यामा रहेको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न नाट्टा जस्तो संस्थामा रहेर केहि गर्न सकिन्छ भन्ने सोचले नाट्टाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ”–मेहताले भने ।

नाट्टा मार्फत व्यवसाय र व्यवसायीहरुको हितमा काम गर्ने उनको योजना त छ नै, त्यसबाहेक पर्यटन क्षेत्रकै पुरानो संस्था नाट्टाकै लागी दीर्घकालिन रुपमा स्रोतको खोजी गरि नाट्टालाई आर्थिक रुपमा पनि सबल संस्था बनाउने आफ्नो योजना रहेको उनले सुनाए । “नाट्टालाई आर्थिक रुपमा सशक्त बनाउन दीर्घकालिन स्रोतको सुनिश्चतता गर्न सकिने प्रशस्त सम्भावना छ, नेपाल सरकार संग यस विषयमा गम्भिर छलफल गर्ने योजना पनि छ”–मेहताले भने ।

विगत तीस वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय मेहता पर्यटन क्षेत्रका ट्राभल, ट्रेकिङ, होटल लगायतका व्यवसायमा पनि संलग्न छन । व्यवस्थापनमा स्नात्तकोत्तरसम्मको अध्ययन गरेका उनी नेपालको पर्यटन क्षेत्रभित्र रहेका समस्याहरुको समाधानको लागी अगुवाई नाट्टाले गर्नुपर्छ भन्ने धारणा राख्छन । पर्यटन क्षेत्रको निति निर्माण तथा निति नियमहरुको समयानुकुल परिवर्तनका लागी समेत नाट्टा नेतृत्वले सरकारलाई झक्झक्याउनुु पर्ने आवश्यकता उनले देखेका छन । अहिलेको कठिन परिस्थितिमा झन पर्यटन क्षेत्रमा सरकार र व्यवसायीहरु सहकार्य गर्दै समग्र पर्यटन क्षेत्र र देशकै आर्थिक विकासमा महत्वपूर्ण भुमिका खेल्नुपर्ने महशुश उनले गरेका छन ।

चिनियाँ भाषा र संस्कृतिको विज्ञका रुपमा परिचित मेहता व्यवसायीक रुपमा चिनियाँ पर्यटकहरु नेपाल भित्र्याउन अब्बल मानिन्छन । नेपालमा बाह्य पर्यटक भित्र्याउन नेपाली व्यवसायीले अन्तर्राष्ट्रिय रुपमा थुप्रै समस्या भोगेको हालको अवस्थामा व्यापार सहजीकरणमा नाट्टाले आवश्यक भुमिका निभाउनुपर्ने उनको धारणा छ । त्यसका लागी नाट्टामा रहेर आँफुले सक्दो योगदान गर्ने उनले आफ्नो प्रतिवद्धता रहेको वताए ।

व्यवासयको शिलशिलामा विभिन्न देशको भ्रमण गरेका मेहता अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धनमा विशेष दख्खल राख्छन । आफ्नो लामो अनुभव, योग्यता, र क्षमता नाट्टामार्फत पर्यटन क्षेत्रको विकासमा खर्चने उनको चाहना छ ।

व्यवसायमा रहेका ठुला र साना सवै व्यवासयीहरुको हितका लागी यस्ता संस्थाको नेतृत्वमा बस्नेहरुले ध्यान दिनुपर्ने उनी वताउँदछ । चाईनिज टुर अपरेटर एलायन्स अफ नेपालको अध्यक्ष समेत रहेका मेहता पर्यटन पुनरुत्थानका लागी नेपालमा चिनीयाँ पर्यटकहरुको आकर्षण बढाउन आँफुले विगतमा सिकेका अनुभवहरुलाई प्रयोग गर्ने आफ्नो एजेण्डा रहेको वताउँछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।