१२ चैत्र / अर्थ र व्यापार- गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को अध्यक्षमा गोपाल थापा र कोषाध्यक्षमा शकुन्तला देवकोटा विजयी भएका छन् । शुक्रवार भएको मञ्चको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी जस्फा पाण्डेलाई पराजित गराउँदै अध्यक्षमा थापा विजयी भएका हुन् । त्यस्तै कोषाध्यक्षमा थापा समूहकै शकुन्तला देवकोटा विजयी भइन् ।
भिटोफ–नेपालको कार्यसमितिका अन्य पदहरुमा भने यसअघि नै निर्विरोध निर्वाचित भईसकेको छ । मञ्चको प्रथम उपाध्यक्षमा तारालाल धरेल,द्वितीय उपाध्यक्षमा नवराज थापा, महासचिवमा निशेष थापा, सचिवमा दिपक पाण्डे र सह– कोषाध्यक्षमा मनहरी दाहाल निर्विरोध निर्वाचित भएका छन ।
त्यसैगरी सदस्यहरुमा शैलेश लामिछाने, सृष्टी भण्डारी, सागर आचार्य, हरिबहादुर बस्नेत निर्विरोध निर्वाचित भएका छन । भिटोफ–नेपाल ग्रामीण पर्यटनको क्षेत्रमा सक्रिय संस्था हो ।
तपाईको प्रतिक्रिया