logo

कुरिनटारमा रिभरफन क्याफे सञ्चालनमा

बीच रिसोर्ट, जीप लाईन र खानाका पारखीहरुका लागी उत्कृष्ठ गन्तव्य बन्दै रिभरफन

    1291   पटक पढिएको

२५ चैत्र / अर्थ र व्यापार- चितवनको कुरिनटारमा रिभरफन क्याफे सञ्चालनमा आएको छ । रिभरफन बीच रिसोर्ट हुँदै गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशुली नदीमाथि जीपलाइन सञ्चालनमा ल्याएसंगै रिभरफन सञ्चालन गरिरहेको व्यवस्थापनले नै जीपलाईन स्टेशनमै रिभरफन क्याफे सञ्चालनमा ल्याएको हो ।

हिजो बिहिबार कुरिनटार, बुट्टारस्थित क्याफेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ र गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरले संयुक्त रुपमा उद्घाटन गरे । रिभरफन जीपलाईनको स्टेशन विल्डिङमा सञ्चालित रिभरफन क्याफे मल्टि क्युजीन क्याफे हो । “विदेशी खानाको पारखीहरु देखी नेपाली थकाली खाना मन पराउने आन्तरिक र बाह्य दुवै पर्यटकलाई उच्चस्तरको स्वाद, सेवा र सत्कार दिने हाम्रो चाहना छ”–क्याफेका प्रबन्ध निर्देशक शंकर अधिकारीले भने । तीन तल्ले क्याफे राजमार्गमा यात्रा गर्ने यात्रु र पर्यटकहरुलाई पनि नयाँ अनुभव दिलाउने किसिमको होस भन्ने आँफुहरुको चाहना रहेको अधिकारीले वताए ।

कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा ल्याएपश्चात रिभरफन व्यवस्थापनले राजमार्ग छेउमा रिभरफन क्याफे सञ्चालनमा ल्याएको हो । रिभरफन बिच रिसोर्ट काठमाडौंवाट ९९ किलोमिटर दुरीमा बुट्टार, कुरिनघाटमा त्रिशुली नदी किनारमा अबस्थित छ । जीपलाईनको सुरुवात विन्दुमा बन्ने टावरमा रेष्टुरेण्ट,कफी शपका साथै भ्यु प्वाईन्ट समेत बनाईएको छ ।

रिभरफन बिच रिसोर्टमा “गन्यव्य रिभरफन”कै रुपमा विकास गर्न रिसोर्टमा विभिन्न सेवा सुविधाहरु थप गरिएको प्रबन्ध निर्देशक अधिकारीले वताए । रिभरफनमा विभिन्न उमेर समुह र रुचिका आन्तरिक र बाह्य पर्यटकलाई बेग्लै अनुभव दिने उद्देश्यले विभिन्न सेवाहरु थप्दै लगेको प्रबन्ध निर्देशक अधिकारीले वताए । पर्यटकहरुलाई समग्र पर्यटन प्याकेज उपलब्ध गराउने रिसोर्टको योजना रहेको अधिकारीले वताए ।

“कोभिड महामारीले पर्यटन बजार सुस्ताएको अवस्थामा कोरोनापछिको पर्यटन लाई लक्षित गर्दै स्वदेशी तथा विदेशी सवै उमेर समुह र वर्गका पर्यटकहरुलाई लक्षित गरेर रिभरफन बिच रिसोर्टमा विभिन्न सेवाहरु थप गरेका हौं”–रिसोर्टका निर्देशक राजन सिम्खडाले वताए । रिभरफन बीच रिसोर्टले पछिल्लो समय रिसोर्ट परिसरमा विभिन्न पूर्वाधारहरु पनि थप गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।