logo

कुरिनटारमा रिभरफन क्याफे सञ्चालनमा

बीच रिसोर्ट, जीप लाईन र खानाका पारखीहरुका लागी उत्कृष्ठ गन्तव्य बन्दै रिभरफन

    1769   पटक पढिएको

२५ चैत्र / अर्थ र व्यापार- चितवनको कुरिनटारमा रिभरफन क्याफे सञ्चालनमा आएको छ । रिभरफन बीच रिसोर्ट हुँदै गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशुली नदीमाथि जीपलाइन सञ्चालनमा ल्याएसंगै रिभरफन सञ्चालन गरिरहेको व्यवस्थापनले नै जीपलाईन स्टेशनमै रिभरफन क्याफे सञ्चालनमा ल्याएको हो ।

हिजो बिहिबार कुरिनटार, बुट्टारस्थित क्याफेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ र गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरले संयुक्त रुपमा उद्घाटन गरे । रिभरफन जीपलाईनको स्टेशन विल्डिङमा सञ्चालित रिभरफन क्याफे मल्टि क्युजीन क्याफे हो । “विदेशी खानाको पारखीहरु देखी नेपाली थकाली खाना मन पराउने आन्तरिक र बाह्य दुवै पर्यटकलाई उच्चस्तरको स्वाद, सेवा र सत्कार दिने हाम्रो चाहना छ”–क्याफेका प्रबन्ध निर्देशक शंकर अधिकारीले भने । तीन तल्ले क्याफे राजमार्गमा यात्रा गर्ने यात्रु र पर्यटकहरुलाई पनि नयाँ अनुभव दिलाउने किसिमको होस भन्ने आँफुहरुको चाहना रहेको अधिकारीले वताए ।

कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा ल्याएपश्चात रिभरफन व्यवस्थापनले राजमार्ग छेउमा रिभरफन क्याफे सञ्चालनमा ल्याएको हो । रिभरफन बिच रिसोर्ट काठमाडौंवाट ९९ किलोमिटर दुरीमा बुट्टार, कुरिनघाटमा त्रिशुली नदी किनारमा अबस्थित छ । जीपलाईनको सुरुवात विन्दुमा बन्ने टावरमा रेष्टुरेण्ट,कफी शपका साथै भ्यु प्वाईन्ट समेत बनाईएको छ ।

रिभरफन बिच रिसोर्टमा “गन्यव्य रिभरफन”कै रुपमा विकास गर्न रिसोर्टमा विभिन्न सेवा सुविधाहरु थप गरिएको प्रबन्ध निर्देशक अधिकारीले वताए । रिभरफनमा विभिन्न उमेर समुह र रुचिका आन्तरिक र बाह्य पर्यटकलाई बेग्लै अनुभव दिने उद्देश्यले विभिन्न सेवाहरु थप्दै लगेको प्रबन्ध निर्देशक अधिकारीले वताए । पर्यटकहरुलाई समग्र पर्यटन प्याकेज उपलब्ध गराउने रिसोर्टको योजना रहेको अधिकारीले वताए ।

“कोभिड महामारीले पर्यटन बजार सुस्ताएको अवस्थामा कोरोनापछिको पर्यटन लाई लक्षित गर्दै स्वदेशी तथा विदेशी सवै उमेर समुह र वर्गका पर्यटकहरुलाई लक्षित गरेर रिभरफन बिच रिसोर्टमा विभिन्न सेवाहरु थप गरेका हौं”–रिसोर्टका निर्देशक राजन सिम्खडाले वताए । रिभरफन बीच रिसोर्टले पछिल्लो समय रिसोर्ट परिसरमा विभिन्न पूर्वाधारहरु पनि थप गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।