logo

नाट्टाको निर्वाचन भोली, नेतृत्व आफ्नो पक्षमा पार्न बस्नेत र थापाको समुह अन्तिम कसरतमा

    1492   पटक पढिएको

१६ चैत्र / अर्थ र व्यापार– ट्राभल एण्ड टुर्स व्यवसायीहरुको संस्था संस्था नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचन भोलि काठमाडौमा हुँदै छ । यस निर्वाचनका लागि भिन्दा भिन्दै समुह बनाएर चुनावी मैदानमा उत्रिएका वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष विनय बस्नेत र वर्तमान कार्यसमितिका उपाध्यक्ष रमेश थापाको समुह अहिले आ – आफ्नो पक्षमा मत ल्याउनकालागि अन्तिम कसरतमा लागेका छन ।
निर्वाचनको समय नजिकिएसंगै अहिले अध्यक्षका प्रत्यासी उम्मेदवार द्दोय बस्नेत र थापाको समुह व्यवसायीक भेटघाट र पूर्व अध्यक्षहरुको आर्शिवाद लिने दौडधुपमा जुटिरहेका छन । उनीहरुबीच अहिले आ– आफ्ना समुहले सार्वजनिक गरेको आकर्षक चुनावी एजेन्डाका बारेमा मतदातालाई बुझाउने र विभिन्न एजेन्डाकै प्रभावमा पारेर भोट हातपार्ने प्रतिस्पर्धा नै चलिरहेको छ । सोही प्रतिस्पर्धाकै क्रममा विगत केहि दिन देखि नै यि दुबै समुहका उम्मेदवारहरुले काठमाडौका विभिन्न ठाउँमा उम्मेदवार परिचयात्मक तथा व्यवसायी जमघट कार्यक्रम राखेर आ– आफ्नो पक्षमा नाट्टाको आगामी नेतृत्व हात पाने अन्तिम कसरत गरिरहेका छन । भोलि बिहीबार हुने नाट्टाको ५५ औ वार्षिक साधरणसभा र निर्वाचनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
नाट्टाको यस निर्वाचनकालागि अध्यक्ष पदका उम्मेदवार विनय बस्नेत समुहको वरिष्ठ उपाध्यक्षमा सुधीर कुमार उपाध्याय, उपाध्यक्षमा सुनील शर्मा, महासचिवमा जिस्वाँ तुलाधर श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सह–कोषाध्यक्षमा गीता ढकाल रहेका छन । बस्नेत समुहको सद्स्य पदका उम्मेद्वारहरुमा बिष्णु पाण्डे,सन्तोष गुरुङ, सुदर्शन पौडेल, सुमन श्रेष्ठ,चुडा बहादुर जिम्वा, साधुराम थापा (सुरज), दिनेश मैनाली र राजकुमार पाठक रहेका छन ।
यसैगरि, नाट्टा अध्यक्ष पदका अर्का प्रत्यासी उम्मेदवार रमेश थापा समुहको बरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल,उपाध्यक्षमा बरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सह–कोषाध्यक्षमा राजा शाक्य रहेका छन । त्यसैगरि, थापा समुहका सदस्य पदका उम्मेद्वारहरुमा ढकनाथ काफ्ले, नमराज भेटुवाल, परशुराम घिमिरे, राम शोभित नायक, डेन्डी शेर्पा, महेश कोईराला (दीपक), श्रद्धा जोशी र सवला भण्डारी चुनावी मैदानमा उत्रिएका छन । ५५ औं वार्षिक साधारण सभाकै अवसरमा नाट्टाले बुधबार पनि एक कार्यक्रम आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।