logo

पाटा नेपाल च्याप्टरको निर्वाचन प्रक्रिया विधान विपरीत भएको पूर्व अध्यक्ष पाण्डेको आरोप ,कानुनी उपचारकालागि अदालत जाने

    1344   पटक पढिएको

२० चैत/अर्थ र व्यापार– पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डेले पाटा नेपाल च्याप्टरको निर्वाचन प्रक्रिया विधान विपरीत भएको आरोप लगाउँदै अब आफु कानुनी उपचारकालागि अदालत जाने बताएका छन् । 

पाटा नेपाल च्याप्टरको आगामी २८ चैतमा हुन लागेको साधारण सभाबाट संशोधित विधान निलम्बन गरेर सहभागी तथा प्रतिस्पर्धामूलक निर्वाचन सम्पन्न गर्न पहल भइरहेका बेला गत १६ चतमा निर्वाचन कार्यक्रम सार्वजनिक गरी आफुअनुकुलका निर्धारित व्यक्तिलाई मात्र नेतृत्वमा पुराउने अवसर प्रदान गरेको पाण्डेको आरोप छ ।
सो निर्वाचन कार्यक्रम स्थगनका लागि आफुले गत १७ चैतमा जिल्ला प्रशासन कार्यालय काठमाडौमा निवेदन समेत दर्ता गराइसकेको जानकारि गराउँदै पाण्डेले अब आफुले यो निर्वाचन स्थगनको माग राख्दै आइतबार अदालतमा मुद्दा दायर गर्ने जानकारी दिए ।
‘वर्तमान पदाधिकारिहरु एकलौटी रुपमा अघि बढि सिमित व्यक्तिहरुको घेराबन्दीमा संस्था कब्जा गर्ने प्रयास भएकाले अब यस परिस्थितिबाट यो संस्था बचाउन म कानुनी उपचारमा जाँदै छु ’ पाण्डेले भने । 

पत्रकार सम्मेलन गर्दै पाण्डेले २०७६ सालको २ पुसमा सम्पन्न साधारण सभामा भएको निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेदवार आफ्ना भतिज अनुज पाण्डेमाथि तत्कालीन पदाधिकारीहरू र निर्वाचन अधिकृतसमेतको मिलेमतोमा कपटपूर्ण जालझेल र उम्मेदवारी खारेजी गरिदिएको आरोप लगाउँदै यसका विरुद्ध आफू अदालत जाने तयारी गरेको जानकारी दिए ।
उनले सो घटना पछि निर्वाचन परिणाम तथा साधारण सभाको वैधानिकता खारेजीका लागि २०७६ सालको २८ पुसमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दिएको निवेदन अझैसम्म कारबाहीकै सिलसिलामा रहेको बताए ।
एक्प्रोलर हिमालय ट्राभल एन्ड एडभेन्चरका अध्यक्षसमेत रहेका सुमन पाण्डेले १९७५ मा स्थापना भएपछि नेपाली पर्यटन क्षेत्रको अन्तर्राष्ट्रियकरण गर्दै विभिन्न विधामा अग्रणी भूमिका खेल्दै आएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन अन्तरगतको पाटा नेपाल च्याप्टरमा संलग्न केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थ तथा अपारदर्शी क्रियाकलापका कारण अहिले यो संस्था अधोगति तर्फ गइरहेको आरोप लगाउँदै अब यसलाई बचाउन आफू यसरी अघि बढ्न बाध्य भएको धारणा राखे ।
‘म स्वयम सन् २०१३ जनवरीदेखि २०१७ डिसेम्बर सम्म ५ वर्ष पाटा नेपाल च्याप्टरको अध्यक्ष भई विभिन्न गतिविधिमा आपसी सहकार्य मार्फत संस्थालाई उच्चतम सफलता उन्मुख बनाउँदै बरिष्ठ पर्यटन व्यवसायी, युवा व्यवसायी, उद्यमी, विद्यार्थी बुद्धिजीवी, विदेशी व्यक्तित्वहरूको मर्यादापूर्ण सहभागिता विधान मार्फत स्थापित गरेर पाटा नेपाल च्याप्टरलाई पारदर्शी तथा जतिसक्दो धेरै क्षेत्रमा संलग्न व्यक्तिहरुको सहभागितामूलक संस्थाका रूपमा हस्तान्तरण गरेता पनि त्यसपछिका दिनहरूमा अवस्था साँघुरिँदै गएको देखियो ’ पाण्डेले भने ।

पाण्डेले निष्पक्ष, स्वतन्त्र तथा पारदर्शी रूपमा प्रस्तुत हुँदै नयाँ पुस्तालाई समेत समावेश गरेर पर्यटकीय सामाग्री उत्पादन, प्रवद्र्धन, सञ्जाल बिस्तार, ब्रान्ड विकास, व्यवसाय बिस्तार, पर्यटकीय शिक्षा, संकट व्यवस्थापन तथा प्रविधि, सूचनाको संकलन तथा सम्प्रेषण जस्ता गतिबिधि मार्फत् गर्बिलो इतिहास बोकेको, सार्वजनिक निजी साझेदारीमा सञ्चालित एक मात्र संस्था पाटा नेपाल हाल संलग्न व्यवसायीहरूले एकलौटिकरण गर्दै यो संस्थालाई आफूअनुकुलको स्वार्थ पुरा गराउने उद्देश्यका साथ फरक बिचारलाई अवमूल्यन गर्दै बन्देज उन्मुख क्रियाकलाप बढाउँदै लगेको कारण अहिले आफु पत्रकार सम्मेलनको अवस्थासम्म आई पुगेको बताए ।
पूर्व अध्यक्ष पाण्डेले जानकारि गराए अनुसार अहिलेको वर्तमान कार्यसमितिले गरेको निर्वाचन प्रक्रियामा हालका पदाधिकारी मात्रै अध्यक्षमा लड्न पाउने व्यवस्था गरिएको छ ।

कोषाध्यक्ष वा सचिव भएको व्यक्ति मात्र अध्यक्ष हुन पाउने प्रपन्च रचिएको छ । पहिले एक कार्यकालमा कार्यसमितिमा रहेको व्यक्ति अध्यक्ष हुने व्यवस्था थियो । सो व्यवस्था हटाएर २०७७ सालको २१ फागुनमा पार्कभिलेज रिपोर्टमै भएको साधारण सभा मार्फत वैधानिक सदस्यहरूको अत्यन्तै न्यून उपस्थितिकाबिच विधान संशोधन गर्दै प्रतिस्पर्धा तथा सहभागिताको घेरालाई समेत अत्यन्तै साँघुरो बनाउँदै सम्भवतः संलग्न व्यक्तिहरू मात्रै अध्यक्ष तथा पदाधिकारी हुन सक्ने अवस्था सृजना भएकोमा आफ्नो आपत्ति रहेको पाण्डेले बताए ।
उनले यस प्रकारका क्रियाकलापले गर्दा व्यक्तिको संवैधानिक हक प्रदत्त प्रतिस्पर्धा तथा सहभागिताबाट विमुख गर्ने यस्तो विधान संशोधन खारेज गरियोस् भनी २०७७ सालको २ चैतमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौँका नाममा निवेदन पेस गरेका थिए ।

पाटा नेपाल च्याप्टरको आगामी २८ चैतमा हुन लागेको साधारण सभाको सन्दर्भमा संशोधित विधान निलम्बन गरेर सहभागी तथा प्रतिस्पर्धामूलक निर्वाचन सम्पन्न गर्नका लागि विभिन्न माध्यामबाट पहल भइरहेका बेला १६ चैतका दिन निर्वाचन कार्यक्रम वितरण गरी सोही दिन १२ बजेदेखि निर्वाचन कार्यक्रम सीमित समय भित्र सम्पन्न गरी आफुले चाहेको निर्धारित ब्यक्क्तिहरुलाई मात्र संलग्न हुने अवसर प्रदान गर्नुले वर्तमान कार्यसमितिको दूषित मनसाय देखिएको पाण्डेको गुनासो छ ।
यसैगरि, पूर्व अध्यक्ष पाण्डेले निर्वाचन कार्यक्रम स्थगनका लागि गत १६ चैतमा जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दर्ता गराईसकेको जानकारी दिए ।
पाटा इन्टरनेशनलका कोषाध्यक्ष समेत रहेका पाण्डेले नेपाल च्याप्टरका वर्तमान पदाधिकारीहरू एकलौटी रूपमा अघि बढ्दै सीमित ब्यक्तिहरुकोे घेराबन्दीमा संस्थालाई नै कब्जा गर्न लागेकोले अब आफुले यो संस्था बचाउनका लागि पनि कानुनी उपचारमा जानुपर्ने अवस्था आएको बताए । तर, यस विषयमा पाटा नेपालका अध्यक्ष विभूतीचन्द ठाकुरले भने वर्तमान कार्यसमितिले विधानकै अधीनमा रहेर आफ्ना कार्यहरू गरिरहेको प्रतिक्रिया दिए ।
अब कानुनी उपचारकालागि अदालत जाने तयारीमा रहेका पाण्डेले भने अहिलेका वर्तमान कार्यसमितिका पदाधिकारिले आवस्यक न्युनतम सदस्य संख्या समेत नपुराईकन गरिएको यो संसोधित विद्यान आफुहरुलाई अमान्य भएको दावी गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।