logo

लाइसेन्स खारेजीसम्मको सरकारी ताकेताले क्यासिनो सञ्चालकबाट उठ्यो झन्डै साढे ७६ करोड बक्यौता

अझै विभिन्न क्यासिनोबाट १ अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी

    1495   पटक पढिएको

९ फागुन/अर्थ र व्यापार – धेरै पटक गरेको ताकेता तथा केही क्यासिनो सञ्चालकमाथी भएको जरिवना सहितको कारबाहीबाट सरकारले अहिलेसम्म झन्डै साढे ७६ करोड रुपैयाँ बक्यौता रोयल्टी उठाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स (इजाजतपत्र) खारेज गर्नुकासाथै अन्यको पनि खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकहरुले धामाधम बक्यौता रोयल्टी बुझाउन थालेका छन् ।
पर्यटन विभागका अनुसार हालसम्म विभिन्न बहाना बनाएर अटेरगरि बसेका १७ वटा क्यासिनो कम्पनीले आफुले तिर्न बाँकी रोयल्टी बुझाएका हुन् । हालसम्म सरकारको खातामा ७६ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
पर्यटन विभागका होटल तथा क्यासिनो शाखाका अधिकृत खेमराज जोशीले यस्तो जानकारि गराएका हुन । उनले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्नु भन्ने पर्यटनमन्त्री आलेको निर्देशनपछि, अहिले क्यासिनो सञ्चालकले धमाधम रोयल्टी तिरिरहेको बताए । उनले हाल दैनिक करोडौं रुपैयाँ सरकारी खातामा जम्मा भईरहेको जानकारि दिए । विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकहरुले तिर्नुपर्ने जम्मा रकम १ अर्ब ११ करोड ८४ लाख ४७ हजार रुपैयाँ मात्र रहेको छ । सरकारले यसअघि धेरैपटक गरेको ताकेता पछि अहिले क्यासिनो सञ्चालकहरु आफुले तिर्न बाँकी बक्यौता रकम बुझाउन आइरहेको विभागले जनाएको छ ।
यसैगरी, मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौंसम्म पनि नतिर्ने काठमाडौँको दरबारमार्गस्थित होटल याक एन्ड यतीको लाइसेन्स खारेज गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकहरुले पनि धमाधम बक्यौता रकम तिर्न सुरु गरेको विभागले जनाएको छ । मन्त्री आलेकै निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालकको तीनपुस्ते विवरण समेत सार्वजनिक गरेको सो विभागले जनाएको छ ।
अब ६ कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । त्यसमध्ये एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुईवटा होटलमा गरेर १४ करोड बाँकी रहेको र सो होटलको बैंक जमानत रहेकाले असुलउपर गर्न समस्या नरहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिए ।
विभागका अनुसार अझै विभिन्न क्यासिनोबाट १ अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ । यो बक्यौता पनि छिटै उठाउने पहल गरिरहेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।