६ चैत/ अर्थ र व्यापार – नेपाल पर्वतारोहण संघको नयाँ कार्यसमितिको निर्वाचन आगामी २७ र २८ जेठमा काठमाडौँमा हुने भएको छ । संघको आइतबार भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले आगामी ३१ औ साधारण सभा तथा महाधिवेशनपछि हुने निर्वाचनको मिति तय गरेको हो ।
संघका महासचिव कुलबहादुर गुरुङले यस्तो जानकारि गराएका हुन । गुरुङका अनुसार केन्द्रिय कार्यसमितिको निर्वाचन गर्न संघको विधान बमोजिम तीन सदस्यीय निर्वाचन समित समेत गठन गरिएको छ ।
सो समितिमा अधिवक्ता डा.गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत तथा अधिवक्ता डा. रामशरण थपलिया र अधिवक्ता धनेन्द्रराज श्रेष्ठ सदस्य रहेका छन् । यसैगरि, संघले यही ९ चैतमा आयोजना हुने ३१औँ वार्षिक साधारणसभाको तयारी पूरा भइसकेको विज्ञप्ति मार्फत जानकारी गराएको छ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत संघ नेपालको एकमात्र राष्ट्रिय अल्पाइन क्लबको रुपमा रहेको संस्था भएको पनि सो संघले जनाएको छ ।
तपाईको प्रतिक्रिया