logo

कोरोना संक्रमण घटेकाले अब यात्रा सहज बनाउन पर्यटन व्यवसायीको आग्रह

    1557   पटक पढिएको

९ फागुन/अर्थ र व्यापार– पर्यटन व्यवसायी तथा टूर अपरेटरहरुले हाल नेपालमा कोरोना भाइरस संक्रमणकोदर निकै कम भएको भन्दै आन्तरिक तथा बाह्य यात्रा सहज बनाउन सरकारसँग आग्रह गरेका छन् । उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) लाई समेत यस्तो आग्रह गरेका ह्न् ।
टूर अपरेटहरुको प्रतिनिधित्व गर्दै पाँच बरिष्ठ व्यवसायी एक्स्प्लोर हिमालय ट्राभल्स एण्ड ऐडभेन्चरका अध्यक्ष सुमन पाण्डे, कोरा टुर्सका प्रबन्ध निर्देशक बिजय अमात्य, सीता वर्ल्ड ट्राभल्स (नेपाल) का महाप्रबन्धक दिनम लामिछाने, सोसल टुर्सका अध्यक्ष राज ज्ञवाली र आर्य भिलेज टुर्सका अध्यक्ष बिनोद अधिकारी लगायतले पर्यटकीय गतिविधी एवं यात्रा सहज बनाउन सरकारसंग यस्तो अपील गरेका हुन् । उनीहरुले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका यात्रुलाई खोपको प्रमाणबाहेक अन्य कागजात अनिवार्य नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
यसैगरि, उनीहरुले खोपको मात्रा पूरा गरेका यात्रुको हकमा मात्र आगमनमा ७२ घण्टे पीसीआर रिर्पोट लागू गर्न माग गरेका छन । २ सातादेखि ९० दिन अघिसम्म कोभिड संक्रमण भएका यात्रुको हकमा आगमनमा पीसीआर अनिवार्य नगर्न पनि उनिहरुले सुझाव दिएका छन । त्यसैगरि, व्यवसायीहरुले विमानस्थलबाट हुने बहिर्गमनको हकमा यात्राको गन्तव्य, ट्रान्जिट मुलुक र सम्बन्धित हवाई सेवाको नीति बमोजिम मात्र कागजात माग गर्ने व्यवस्थाका लागि समेत व्यवसायीले माग गरेका छन् । पर्यटक र यात्रुलाई कोभिड–१९ विरुद्धका अन्य मापदण्ड पालना गराउन भने टूर अपरेटर प्रतिवद्ध रहेको उनीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।