२५ फागुन/अर्थ र व्यापार– सरकारले तारागाउँ विकास समितिको सदस्य सचिवमा नारद लुइँटेललाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बुधबार मन्त्रीस्तरीय निर्णयबाट लुइँटेललाई आगामी चारवर्षका लागि तारागाउँ विकास समितिको सदस्य सचिवमा नियुक्त गरेका हुन् ।
यसअघि पनि लुइँटेलले एक कार्यकाल तारागाउँ विकास समितिमा सदस्य सचिवको जिम्मेवारी पुरा गरिसकेका छन् । उनले आफ्नो कार्यकालमा हयात रिजेन्सी होटलले अतिक्रमण गरेको १५० रोपनी सरकारी जग्गाको विवरण सार्वजनिक गरी कारबाही अघि बढाएका थिए ।
आगामी दिनमा पनि हयात होटलले गैरकानूनी रुपमा अतिक्रमण गरेको सरकारी जग्गा फिर्ता ल्याउन मन्त्री आलेले पुनः लुइँटेललाई समितिको सदस्य सचिवमा नियुक्त गरेका हुन् ।
तपाईको प्रतिक्रिया