logo

सेवा सञ्चालनको पाँचौ वर्षमा कैलाश हेलिकोप्टर

    1293   पटक पढिएको

१० चैत/अर्थ र व्यापार – कैलाश हेलिकोप्टर प्रालि सञ्चालनमा आएको पाँचौ वर्षमा प्रवेश गरेको छ । पर्यटन क्षेत्रमा क्रियाशिल व्यवसायीहरुको लगानीमा सञ्चालीत निजी हेलिकोप्टर कम्पनी कैलाश हेलिकोप्टरले स्थापनाको छोटो समयमा नै व्यवसायीक सफलता पाएको छ ।
सुरुमा २ वटा हेलिकोप्टर मार्फत आन्तरिक उडान सुरु गरेको कैलाशले २०७६ सालमा अर्को नयाँ हेलिकोप्टर थपेर तीनवटा मार्फत नियमित व्यवसायीक तथा आपतकालिन उद्धार उडान भर्दै आईरहेको छ । पाँचवटा हेलिकोप्टर मार्फत उडान गर्ने योजना बनाएको कैलाशलाई कोरोना विश्व महामारिका कारण पर्यटन क्षेत्र ध्वस्त भएसँगै निकै धक्का पुगेको थियो ।
अहिले नेपाल लगायत संसारभर कोरोना संक्रमणदर न्यून हुँदै गएको र पर्यटकको पनि चहपहल बढ्न थालेसँगै अवस्था सामान्य हुँदै गएको छ । विस्तारै पर्यटकीय गतिविधी बढेर राम्रो अबस्था भएको खण्डमा आगामी सन् २०२३ को सेप्टेम्बर भित्रमा नयाँ हेलिकोप्टर ल्याउने तयारी भएको कैलाश हेलिकोप्टर कम्पनीका प्रवन्ध निर्देशक प्रतावजंग पाण्डेले जानकारी दिए । उनले आफुहरुको लक्ष्य अनुरुप समयले साथ दिएको खण्डमा यो कम्पनीको सेवा थप प्रभावकारी र पराकिलो बनाउँदै अघि बढ्ने बताए ।
सबै हिसावले पृथक तरिकाले सेवा दिँदै आएको यो हेलिकोप्टर कम्पनीले कोरोना महामारिको बेलामा पनि समस्यामा परेका धेरै कोरोना बिरामीको उद्धार गरेको थियो ।
यसैगरि, यस कम्पनीले हाइअल्टिच्युड अपरेसन्स, एरियल सर्भे, प्राकृतिक प्रकोप उद्धारका साथै बिरामीको पनि तत्काल उपचारका लागि अस्पताल लगायत विभिन्न गन्तव्यसम्म पु¥याउने लगायतका सेवा प्रदान गर्दै आएको सो एयरलाइनस कम्पनीका अध्यक्ष क्याप्टेन आशिष शेरचनले जानकारी दिए ।
विस्तारै कोरोना संक्रमणदर घटेपछि अहिले नेपालमा हाल व्यावसायिक गतिविधि मुलुकभर विस्तार भइरहे पनि देसका दुर्गम तथा कतिपय सुगम क्षेत्रमा पनि अत्यावश्यकीय सेवा पुग्न नसकेको अवस्थालाई दृष्टिगत गरी आफुहरुले सक्दो सेवा दिँदै आएको सो कम्पनीले जनाएको छ । हाल यो कैलाश हेलिकोप्टर कम्पनीमा अध्यक्ष शेरचन, प्रवन्ध निर्देशक पाण्डे सहित पर्यटन व्यवसायीहरु सीएन पाण्डे, इश्वरी पौडेल लगायत पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुको संयुक्त लगानी रहेको छ । सेवा सञ्चालनको पाँचौं वर्षमा प्रवेश गरेको यो कम्पनीले आगामी दिनमा अझै आफ्नो सेवा विस्तार गरि यात्रुहरुलाई सहज रुपमा हवाई पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।