logo

म मन्त्री भएर आउनु अघि घाममा सेकिएका विमान अहिले आकाशमा उडिरहेका छन: मन्त्री आले

    1316   पटक पढिएको

१७ चैत/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू मन्त्री भएर आउनुअघि घाममा सेकिएर बसेका नेपाल वायुसेवा निगमका विमानहरु अहिले आकाशमा उड्न थालेको बताएका छन । राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले त्यस्तो बताएका हुन् ।
आलेले भने, ‘म मन्त्री हुनुभन्दा पहिले घाम तापेर बसेका निगमका विमानलाई अहिले आकाशमा उडाउने काम गरको छु, नागरिकलाई सेवा दिनु मेरो कर्तव्य हो ।’ आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका विमानहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको उनको दावी छ ।
उनले अब नयाँ दिल्लीमा नेपाल वायुसेवा निगमको हरेक दिन दुईवटा उडान हुने जानकारी दिए । दिल्लीमा यसअघि दिनमा एउटा मात्रै उडान हुँदै आएको थियो ।
यसैगरि, काठमाडौबाट थाइल्याण्डको बैंककमा सातामा दुईवटा र साउदी अरेबियाको रियादमा सातामा तिनवटा उडान भर्ने गरी काम अघि बढेको जानकारी दिँदै मन्त्री आलेले मार्च २१ गतेदेखि मुम्बईमा साताको तीनवटा र मार्च २५ देखि बैङ्लोरमा पनि सातामा तीनवटा उडान भरिएको बताए ।
उनले २१ मार्च देखि निगमको विमानबाट मुम्बईमा सातामा ३ वटा उडान भर्ने बताए । त्यस्तै २५ मार्च देखि बैङ्लोरमा सातामा ३ वटा हुने र १ अप्रिलबाट जापानको नारितामा दुईवटा उडान भर्ने पनि उनले जानकारि दिए । दिल्लीमा हरेक दिन दुईवटा उडान हुनेगरी हामी सातामा १४ वटा उडान गर्ने र बैंककमा सातामा दुईवटा उडान भर्ने उनको भनाई थियो । यसैगरि, काठमाडौबाट दुबई, दोहा, हङकङ नियमित उडान भइरहेको छ । म यहाँहरुलाई जानकारी गराउन चाहान्छु ।
यही १५ अप्रिलबाट साउदी अरेबियाको रियादमा पनि सातामा तिनवटा उडान भर्नेगरी काम अघि बढेको जानकारि गराउँदै उनले पहिले ४ देखि ५ घण्टा उडान भर्ने विमानले हाल १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको बताए । उनले आफ्नै कार्यकालमा खतरायुक्त सामग्रीहरु ल्याउने सर्टिफिकेट पनि निगमले प्राप्त गरेको बताए ।
यसैगरि, मन्त्री आले निगमका विमानहरु अहिले ग्राउन्डेड होइन अधिकतम समय आकाशमा उडाउने कामहरु भएको दावी गरे । विगतमा निगमका विमानलाई घाममा सुकाउने अवस्थामा थियो । तर, अहिले अधिकांश पहिला ४ देखि ५ घण्टा उडान भर्ने विमान अहिले करिब १० देखि १३ घण्टा नियमित उडाइ राखेको बताउँदै उनले ६३ वर्षको इतिहासमा डेन्जरस् गुड क्यारी गर्ने सर्टिफिकेट पनि निगमले प्राप्त गरेको जानकारि दिए ।
नेपाल वायुसेवा निगमले विश्वका १४ वटा अन्तर्राष्ट्रिय एयरलाइन्ससित एसपीएबाट संसारको ३१ वटा प्रसिद्ध शहरहरुमा निगमका टिकट खरिद गरेर हवाई यात्रुहरुको उडान भर्न सकिने व्यवस्था मिलाएको पनि उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।