logo

नेउवा महासंघ र एनसेलको सहकार्यमा १५ औं दरवारमार्ग महोत्सव हुने

    1622   पटक पढिएको

२० चैत/अर्थ र व्यापार – नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंको दरबार मार्गमा सडक महोत्सव आयोजना हुने भएको छ । कोरोना महामारिले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्य ः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारा सहित काठमाडौंको दरबारमार्गमा १५ औं दरवारमार्ग महोत्सव–२०७९ आयोजना हुन लागेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसंग महासंघको विषेश सहकार्य अन्तर्गत संयुक्तरूपमा आगामी ३ वैशाखमा दरबारमार्ग महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवको सह–प्रायोजकमा गोरखा ब्रुअरी रहेको छ ।
आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्था रेबान र बोर्डले जनाएको छ ।
‘महोत्सवलाई नेपाली नयाँ वर्षको अवसरमा वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष आयोजना गरिने छ । यो महोत्सवमा सम्पूर्ण रुपमा नेपाली कला संस्कृति झल्कने प्रस्तुती गरिने छ ।’ संघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । कार्यक्रममा सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुती हुने छ ।
दरवारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्पm नाराणहिटी संग्राहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।
नेउवा महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोनाले थलिएको पर्यटन उद्योगलाई यो महोत्सवले केही राहत दिने अपेक्षा गरिएको बताए । राजधानीमा हुने यस्ता कार्यक्रमले देशैभर निकै ठूलो संदेश जाने आशा समेत उनले गरे ।
महोत्सवको लागि महासंघसंग भएको सहकार्यका सन्दर्भमा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ‘कोभिड महामारीको कारण विश्व पर्यटन क्षेत्रले ठूलो चुनौतीको सामना गरिरहेको छ र अर्थतन्त्रमा पर्यटन एक प्रमुख आधार रहेको हाम्रो नेपाल पनि यो समस्याबाट अछुतो छैन । आन्तरिक पर्यटन, लघु, घरेलु, साना तथा माझौला उद्यमलाई प्रवद्र्धन गर्दै पुनरूत्थानमा सहयोग पुर्याउन महासंघसंग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं ।’
सो महोत्सवमा दिपक बज्राचार्य, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, सन्दिप क्षेत्री, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य समुहहरु जस्तै सृष्टी केसी एन्ड ब्लाईन्ड रक्स, रुशान एन्ड लज्जु, एभरेष्ट क्रु, महेश काफ्ले, कववेव र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिनेछन् ।
महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड संकटबाट विस्तारै तङग्रने क्रममा रहेका उद्योग व्यवसाय माथि विद्युत कटौतीको समस्याले थप समस्या निम्ताएको बताए । संकटमा रहेको अर्थतन्त्र र आन्तरिक पर्यटनलाई चलायमान बनाउन दरवारमार्ग महोत्सवले ठूलो सहयोग पुरयाउने अपेक्षा गरिएको उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।